‘स्मृतिको पुरानो दह’ कविताकृति सार्वजनिक

प्रदीप मेन्याङ्बो

सुनसरी — चालीसको दशकमा रंगमञ्च हुँदै कविको परिचय बनाएका सन्तोष थेवे आफ्नो दोस्रो कविताकृति लिएर फेरि पाठकमाझ आएका छन् । पछिल्लो समय अमेरिका बस्दै आएका थेवेको ‘स्मृतिको पुरानो दह’ कृति मंगलबार सार्वजनिक भएको हो । उक्त कृतिमा उनले ५५ लामा छोटा कविता समावेश गरेका छन् ।

‘स्मृतिको पुरानो दह’ कविताकृति सार्वजनिक

अघिल्लो कृतिको तुलनामा उनको यो पछिल्लो कृतिका कविताहरु झन् निखारिएको उनले दाबी गरे । ‘करिब तीन दशकदेखि एकोहोरो भएर कविताको मायामा डुब्नु मेरो लागि लामो कालखण्ड हो । कवितासँग बिताएको यही कालखण्ड अहिले आशक्ति र साधना भएको छ,' उनले भने, 'व्यस्तता र व्यवहारिकतामा अलमलिए पनि कविताकै पूजा उपासना भएको छ । यो पछिल्लो कृति त्यसैको नतिजा हो ।’

कवि थेवेको कविताकृतिलाई कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानले प्रकाशित गरेको हो ।

उनले यसअघि कवितासंग्रह ‘फालेलुङ र कावेली बजार’मा ल्याएका थिए ।

प्रकाशित : भाद्र २७, २०८० १७:३०
प्रतिक्रिया
पठाउनुहोस्