ऐतिहासिक ‘चिठी-पत्र’ को दस्तावेज


काठमाडौँ — लेखक तुलसी भट्टराईले आफ्नो विद्यार्थी कालदेखि पछि राजनीतिक–सामाजिक जीवनको अवधिसम्म झन्डै ५० वर्षमा भएका पत्राचारको छानिएको संकलन ‘चिठी–पत्र’ प्रकाशनमा ल्याएका छन् ।


सामान्यतया विद्यार्थी जीवन वा जीवनको संघर्षरत कुनै कालखण्डमा आफ्ना समस्या, भावना र सरोकार बाहिर ल्याउन लेखिने चिठीपत्रको संकलन मात्रै गर्न सकेमा त्यो एउटा दस्तावेज बन्न सक्ने रहेछ भन्ने उदाहरण बनेर चिठी-पत्र प्रकाशनमा आएको हो ।
विशेषतः आफू बनारसमा रहेर पढ्दा र अरु राजनीतिक गतिविधिमा सक्रिय रहँदा आफूले नजिकबाट चिन्न पाएका नेताहरू कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सीके प्रसाई, रामबाबु प्रसाईं, रामचन्द्र पौडेल, योगप्रसाद उपाध्याय, बासु रिसाल, जयप्रकाश आनन्दसहितका राजनीतिक व्यक्तित्वको पत्रको संयोजन भट्टराईले कृतिमा जुटाएका छन् ।
‘पत्रवाहक रणबहादुर खत्रीको घर भादगाउा जिल्ला हो र, १६ वर्ष जेल बसेर अहिले तीर्थ गर्न भनी काशी जाादै हुनुहुन्छ । तपाईंले कृपया उहााको बस्ने बन्दोबस्त मिलाइदिनुहोला । आफ्नो खर्च गर्ने सामर्थ्य उहाामा छ,’ भन्दै नेता कृष्णप्रसाद भट्टराईले १९८१, डिसेम्बर २३ मा ललितपुरबाट पठाएको पत्रमा जस्तै अरु नेताहरूले पनि आपसी सहयोग वा पुस्तक, अपिल, विज्ञापन छपाइ आदिका लागि अनुरोध गरेर पत्र पठाएका छन् । त्यस्तै, चिठीपत्रको साहित्यिक खण्डमा इन्द्रबहादुर राई, सत्यमोहन जोशी, ईश्वर बराल, मदनमणि दीक्षित, गृष्मबहादुर देवकोटा, चन्द्रेश्वर दुबेसहितका पत्रहरू समेटिएको छ । कृतिको राजनीतिक खण्डमा ४३ वटा र साहित्यिक खण्डमा १ सय २१ पत्रहरु समेटिएको छ ।
पत्र संयोजक भट्टराईले इतिहासको एउटा कालखण्ड स्मरण हुन सक्ने यी हस्तलिखित पत्रहरू आफूसाग सुरक्षित रहेको र कुनै पुस्तकालय वा संग्रहणीय केन्द्रमा यी सामग्री हस्तान्तरण गर्न चाहेको बताएका छन् । झापाको सेर्गेम प्रकाशनबाट प्रकाशित ऐतिहासिक दस्तावेजको संकलनमा केही पत्र भने नित्तान्त पारिवारिक र निजात्मकलाई पनि स्थान दिइएको छ । ‘आजको फोन, इमेल, च्याट, म्यासेन्जर, भाइबर, हृवाट्सएप, ट्विटर आदि विद्युतीय सञ्चार माध्यमबाट आक्रान्त भइसकेको समाज र विशेषतः नयाा पुस्ताका निम्ति यो चिठीपत्रको संयोजनले हाम्रो परम्परागत सञ्चार सामग्री तथा माध्यमबारे अवगत गराउने आशा लिएको छु,’ भट्टराई भन्छन्, ‘यो संकलनपत्र साहित्यको एउटा उदाहरण पनि हो ।’
प्रकाशित : भाद्र २७, २०८० १२:२७