१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मकवानपुरको थाहामा ‘पर्यटन साहित्य उत्सव’

हेटौंडा — मकवानपुरको पर्यटकीय गन्तव्य थाहा नगरमा साहित्य संगम मकवानपुरको आयोजना, पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, थाहा नगरपालिका र पालुुङ साहित्य परिषद्को सहकार्यमा पर्यटन साहित्य उत्सव, २०८० आयोजना भएको छ ।

मकवानपुरको थाहामा ‘पर्यटन साहित्य उत्सव’

उत्सवमा काठमाडौं, मकवानपुर र देशका विभिन्न जिल्लाका साहित्यकारहरुको सहभागिता रहेको थियो । थाहा नगरपालिकाको पालङुमा रहेको विकास घरमा आयोजना गरिएको उत्सवमा साहित्यका विभिन्न पाटाहरुमा बहस, अन्र्तक्रिया र रचना वाचन भएका थिए ।

साहित्य संगम मकवानपुरको एकसय ३१ औं साहित्य सन्ध्याको अवसरमा ‘पर्यटनका लागि साहित्य’ भन्ने मूल नाराका साथ उत्सवको आयोजना गरिएको थियो । उत्सवमा शुक्रबार गजल महफिलको आयोजना गरिएको थियो । गजलकार बाबुु त्रिपाठीले सहजीकरण गरेको महफिलमा धर्मराज स्याङ्तान, इन्दिरा अधिकारी, विद्या निर्दोष पहाडी, विनिता महत, श्रीराम अधिकारी, भरतप्रमोद दाहाल, सुवास सजल लगाएका गजलकारहरुले सभाहललाई गुञ्जयमान बनाएका थिए । महफिलमा ३५ जना साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी दोस्रो दिन शनिबार नियमति साहित्य सन्ध्या, कार्यपत्र प्रस्तुुती, बहस तथा कविता वाचन कार्यक्रम भएका थिए । मकवानपुरमा पर्यटन साहित्यः सम्भावना र चुनौती विषयक कार्यपत्र निमेष निखिलले प्रस्तुुत गरेका थिए भने कार्यपत्रमाथि टिप्पणी साहित्यकार सुवास खनालले गरेका थिए । उक्त कार्यपत्रमाथि सहभागी साहित्यकाहरुले आआफ्नो धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको दोस्रो सेसनमा ‘साहित्यसँगै पर्यटनः आन्तरिक पर्यटनको प्रदीपन’ भन्ने शीर्षकमा बहस गरिएको थियो । जसका वक्ताहरुमा रुपमा थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, भाषा, संस्कृति अध्येता ओम रिजाल, तथा साहित्यकार माया मानवीले पर्यटन प्रवद्र्धन गर्नका लागि आआफ्ना सल्लाह सुुझाव र चुनौतीमाथि धारणा व्यक्त गरेका थिए।


कार्यक्रममा वक्ताहरुले पर्यटनलाई साहित्यसँगै जोडेर लैजाने हो भने पर्यटन क्षेत्रको प्रचार र विकासमा अझ मद्दत पुुग्ने बताएका थिए । उनिहरुले स्थानीय सरकारले साहित्यलाई अनुत्पादक क्षेत्रको रुपमा राख्ने गरेको उल्लेख गर्दै पर्यटनमार्फत् भाषा, संस्कृति र पर्यटन क्षेत्रलाई महत्वपूर्ण टेवा पुुग्ने बताए । संगमका कोषाध्यक्ष मनोज पोखरेलले सहजीकरण गरेको उक्त बहस कार्यक्रममा साहित्यकार देवराज खरेलको अभिभावकत्व रहेको थियो ।

उत्सवमा पर्यावरणसँग सम्वन्धित कविता वाचन कार्यक्रम आयोजना गरिएको थियो । पर्यावरण कविता वाचन सेसनमा भावना सापकोटा, पुुण्यशिला श्रेष्ठ, रजनी पौडेल, ज्योत्सना श्रेष्ठ, सुुदीप गिरी, प्रज्वल अधिकारी, सुुरज पराजुली, नवराज बर्तौला, बाबु त्रिपाठी, प्रकाश समिर, राम बर्तौला, रसिक राज, श्यामकुमार बानियाँ, देवराज तिवारी, विशाल अधिकारी संप्रश पौडेल, मसान उपासक, अञ्जय प्रधान, यस लामा, चिरञ्जीवी लामिछाने, वैकुठ लामिछानेलगायताका वाचन गरेका थिए । महाकाव्यकार नवराज लम्सालको अभिभावकत्व रहेको सो कार्यक्रमको सहजीकरण संगमका उपाध्यक्ष सानु खनालले गरेका थिए ।

उत्सव साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता तथा थाहा नगरपालिकाका नगरप्रमुुख विष्णुु विष्टको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा प्रमुख अतिथि विष्टले देशको संघीय राजधानीसँग जोडिएर पनि मकवानपुुर पर्यटन क्षेत्रको ओझेलमा परिरहेको बताए । मकवानपुरको थाहा नगरपालिकालाई पर्यटकीय क्षेत्रको हब बनाउने गरी थाहा नगरपालिकाकाले काम गरिरहेको उनले बताए । विश्वका अग्ला शिखर देखि कला संस्कृति, मानव सभ्यता, भौतिक निर्माण, विभिन्न प्रजातीका फलफूल, जडिबुटी, चिसो हावापानी र सुन्दर भौगोलिक बनावट र प्राकृतिक सुन्दरका लागि दामन धनी रहेको नगरप्रमुख विष्टले बताए ।

चैत्र वैशाखमा लालिगुराँसले ढकमक्क हुने यो ठाउँमा यतिबेला आन्तरिक पर्यटनको घुुँइचो लाग्न थालेको छ । तर यहाँबाट वाह भनेर गएकाहरु किन फेरि फर्केर बसोबासको लागि या अन्य कर्म गर्नका लागि यहाँ आउँदैनन् यो चाहिँ चिन्ताको विषय भएको विष्टले उल्लेख गरे । एकपटक आएकाहरुलाई फेरि आउने वातावरण बनाउन थाहा नगरपालिकाले अध्ययन गरेर काम गरिरहेको उनले बताए ।

त्यसैगरी थाहा नगरपालिकाका उपप्रमुुख भरत गोपालीले साहित्यमा लगानी गरेर पर्यटन भित्र्याउन साहित्यिक संघसंस्था र साहित्यकारको सहयोग आवश्यक रहेको बताए । उनले साहित्यमार्फत् पनि पर्यटन क्षेत्रको प्रचारप्रसार र विकास सम्भव छ भन्ने बल्ल बुुझ्दै गएको उल्लेख गरे । उपप्रमुुख गोपालीले साहित्यसँग मन मुटु जोडिएको र आगामी दिनमा साहित्यलाई अझ माथि उठाउन विभिन्न कार्यक्रमहरुको आयोजना गरिने प्रतिवद्धता व्यक्त गरे ।

उत्सवमा साहित्य सङ्गम मकवानपुरका पूूर्वअध्यक्षहरु निमेष निखिल, श्यामकुमार बानियाँ, सुवास खनाल, पालुुङ साहित्य परिषद्का अध्यक्ष विर्खे अञ्जान, भीम विराग साहित्य कला प्रतिष्ठान, आँचल साहित्य कला पुञ्ज, सिस्नुपानी नेपाल मकवानपुर, नेपाली लेखक संघ, गजल मञ्च मकवानपुरलगायत मकवानपुर जिल्लाका विभिन्न साहित्यिक संघसस्था तथा साहित्यकारको उपस्थिति रहेका थियो ।

प्रकाशित : जेष्ठ १५, २०८० ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?