२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘कवि विमल गुरुङ कृति पुरस्कार’ का लागि कृति आह्वान

सुनसरी — कवि विमल गुरुङ स्मृति पुस्तकालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ‘कवि विमल गुरुङ कृति पुरस्कार’ का लागि कृति आह्वान गरेको छ ।

‘कवि विमल गुरुङ कृति पुरस्कार’ का लागि कृति आह्वान

पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार जुनसुकै विद्याका कृतिमध्ये श्रेष्ठ एक कृतिलाई वि.सं. २०७९ सालको विमल कृति पुरस्कार प्रदान गरिने छ । पुरस्कार राशी नगद २ लाख रुपैयाँसहित ताम्रपत्र रहेको छ ।

उनले भने, ‘कृति पुरस्कारका लागि स्वदेश र नेपाल बाहिरका नेपाली भाषी लेखक साहित्यकारले धरान–१८ स्थित कवि विमल स्मृती पुस्तकालयमा चार प्रति आफ्नो कृति उपलब्ध गराउनुपर्नेछ । प्राप्त कृतिको सर्टलिस्टपछि निकालिनेछ ।’

विमल कृति पुरस्कारमा सहभागी हुन २०७९ सालभित्र प्रकाशित भएका नेपाली भाषाका कृति हुनुपर्ने अध्यक्ष गुरुङले बताए । पुरस्कार आगामी कात्तिक १९ गते स्व. कवि विमलको जन्मदिनको अवसरमा आयोजित हुने ‘कवि विमल गुरुङ स्मृति राष्ट्रिय युवा कविता महोत्वस’ को अवसरमा प्रदान गरिनेछ ।

कवि लेखक साहित्यकारहरूले विमल कृति पुरस्कारमा सहभागी हुन आगामी असोज अन्तिम सातासम्ममा आफ्नो कृति पुस्तकालयमा दर्ता गर्नुपर्नेछ ।

प्रकाशित : जेष्ठ १२, २०८० ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?