११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

नयाँघरेलाई दीपाजनमत सम्मान

कान्तिपुर संवाददाता

काभ्रे — यस वर्षको दीपाजनमत सम्मान निबन्धकार एवं नियात्राकार युवराज नयाँघरेलाई प्रदान गरिएको छ । जनमतवाङ्मय प्रतिष्ठान बनेपाले एक विशेष साहित्यिक समारोहको आयोजना गरी उनलाई सम्मान अर्पण गरेको हो । 

नयाँघरेलाई दीपाजनमत सम्मान

निबन्धकार नयाँघरेलाई प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले दीपाजनमत सम्मान प्रदान गरेका थिए । नगदराशी, सम्मानपत्र, दोसल्ला, जनमतपदकसहित प्रतिष्ठानबाट प्रकाशित मानकग्रन्थहरू उपहारका रुपमा प्रदान गरिएको थियो ।

प्रकाशित : जेष्ठ ८, २०८० १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारलाई थाहै नदिई एनसेल बिक्री हुनुलाई के भन्नुहुन्छ ?