कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

कवि कबिन वाम्बुले राईलाई ‘लिब्जु–भुम्जु पुरस्कार’ 

गणेश राई

काठमाडौँ — वाम्बुले मातृभाषाका कवि कबिन वाम्बुले राईलाई २०७९ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ । वाम्बुले राई भाषाको ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका वर्ष ९ अंक ३, पूर्णाङ्क १८ (लिब्जुभुम्जुको ९१औं शृंखला), २०७९ कात्तिक–पुस (किरात येले संवत् ३८०१) मा प्रकाशित ‘आ मामा’ (मेरी आमा) शीर्षक कविता छनोटमा परेको छ । 

कवि कबिन वाम्बुले राईलाई ‘लिब्जु–भुम्जु पुरस्कार’ 

२०५६ सालदेखि उक्त पत्रिकामा वर्षभरि छापिएका कवितामध्ये सर्वोत्कृष्ट एक रचना छनोट गरी तिनका स्रष्टालाई पुरस्कृत गरिदैआएको छ । पत्रिकाका विशेष तथा कोशकार अविनाथ राईको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले यो निर्णय गरेको हो ।

पुरस्कारका निम्ति छानिएको ‘आ मामा’ (मेरी आमा) शीर्षक कवितामा कविले दुर्गम गाउँमा जन्मेहुर्केको एक छोरा आफ्नो सुन्दर भविष्य निर्माणका निम्ति सहर पसेको कथा पस्केका छन् । उनी आमाप्रतिको ममता, समाज, मुन्दुम रीतिथिति पालना र गाउँघरको सम्झनामा कर्तव्यवोध उनेका छन् ।

खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पागाउँमा २०५५ वैशाख ७ गते जन्मिएका कवि कबिन वाम्बुले राईको वास्तविक नाम तुलाचन राई हो । उनी काठमाडौंको चाबहिलसिथत पशुपति बहुमुखी क्याम्पसमा स्नातक दोस्रो वर्ष अध्ययनरत छन् । उनी बुवा अविधन राई र आमा विभुरत्न राई तीन छोरा र दुई छोरीमध्ये माइला सन्तान हुन् । वाम्बुले राई समाजले आयोजना गर्दै आएको वाम्बुले राई भाषाको कविता गोष्ठी २०६६ सालमा झाप्पागाउँमा सम्पन्न ११औं कविता गोष्ठीमा पहिलो पटक सहभागी कविनले त्यसयता भएका कविगोष्ठी सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

नेपाल टेलिभिजनमा कार्यरत वरिष्ठ पत्रकार तथा गीतकार पुष्पहरि क्याम्पाराईले मातृभाषाका स्रष्टा प्रवर्द्धन गर्ने उद्देश्यले २०५५ सालमा पत्रिकाको नाममा ‘लिब्जु–भुम्जु पुरस्कार’ स्थापना गरेका हुन् । यो पुरस्कारबाट हालसम्म २१ जना कविहरू पुरस्कृत भएका छन् । पुरस्कारको राशि पाँच हजार रुपैयाँ र सम्मान प्रमाणपत्र रहेको छ ।

लिब्जुभुम्जु पुरस्कार २०७९ का निम्ति छनोट गरिएको वाम्बुले राई भाषाको कविता :

आ मामा

कबिन वाम्बुले राई

मामा –

उः त्वाम चोमोलुङमास्याङ

उः ह्वाम लिब्जु–भुम्जुस्याङ

रोबो–ख्वाल्बो त्वाम पासाख्

उः य्वाम ग्ल्वाकुस्याङ

उट्टुलुम्बो त्वामारि पासाख्

नु मैना म्वालगोटा च्वाप्साख्

थेबोथेबो ब्रोसे फ्याम्टोल्वा च्वाप्साख्

आम रान्चो द्याल हिमपाइँम

आम रान्चो च्याँमाखा दिमपाइँम ।


मामा –

उङ्गु आज्वाल्थु

उङ्गु आहिप्थु

उनुख्वा ब्अिम्दुमेइ योरतिड

उनुख्वा हिब्दुमेइ ङाबुतिड

ब्लान्डि पाच्चा

मुयोन् जिखिमल्वा

चाकुबेला जासाख्

चाकुबेला आजात्थु

बलधुम पासाङ बाङ्म

चाकुल् ड्अ्वामख्वा चुङ्तिम

चाकुल् खोखोख्वा क्र्वामाङ्तिम

इमब्वाल्वा या आनाइथु–आम्याल्थु

ङाबुना–सेबुना दाल्साङ् बाङ्म ।


मामा –

उङ हालुङ्मेइ ब्याला

त्वामभोरिल्वाम त्वामारि

ग्लुबेभोरि ङाबुना

कुरपाइमाख् थि

‘आलिम् तिम !’ देनुमाख् ह्वाला

आम्सिख्वाल पिताङ्के या

इम ग्लुबेल्वास् चार्ति गाइँम थि !


मामा –

कावातिचो कुडु लिमिम् ह्वाला

उङ्चै ङाबुना–सेबुना दाल्सा बाङ्म्वाल

त्यावाइँ लिम्सिचाब्बेइ आबा

उनुख् चार्नुमेइ पिताङ्के स्वार्सितुम्सुवाइँ

लिम्चाम योर माउमेइ आबा

चाब्बेतिवाँ ब्लाच्चो मौसिरल्वा

नाक्सो–ङाबुचो माल्साख्वा

सेसा–न्वाङ्गि पाचाम पाराख्

दौरा सुरुवाल वाम्बुले टोपी पाइसै

बाँसुरि बिनायो मचंगा त्वाप्सै

मंसिरपुर्ने जातुर दिचाम पाराख्

द्याल लिम्चाम योर ब्अिम्साङ बाङ्म

मामा, उङ्गुइँ द्याल लिम्साङ बाङ्म ।

नेपाली अनुवाद

मेरी आमा

कबिन वाम्बुले राई

आमा –

ऊ माथिको सगरमाथाजस्तै

ऊ परका लिब्जु–भुम्जुजस्तै

अग्लो–ठूलो मन गरेर

ऊ तलको दूधकोशीजस्तै

धेरै गहिरो माया गरेर

नौ महिना कोखभित्र राखेर

धेरैधेरै समय काखमा राखेर

यो सुन्दर गाउँ देखायौ

यो सुन्दर धरती टेकायौ ।

आमा –

म नजन्मँदै

मलाई नदेख्दै

तिमीले कल्पना गरेका कुराहरू

तिमीले देखेकी सपनाहरू

पूरा गर्न

परदेशमा

कहिले खाएर

कहिले नखाएर

बल गर्दैछु

कहिले घामले पोल्छ

कहिले जाडोले ठिंग्राउँछ

त्यतिखेर पनि नबिसाइ–ननिदाइ

सपनाहरू पछ्याउँदैछु ।


आमा –

म हिँडेको बेला

मनभरिको माया

झोलाभरि सपना

बोकाएकी थियौ

‘फर्किन्न कि !’ भनेर होला

अलिकति आँसु पनि

त्यही झोलामा झारिदिएकी थियौ !


आमा –

साथीहरू घर फर्किए होलान्

मचाहिँ सपनाहरू पछ्याउँदै गर्दा

अझै पनि फर्किन सकेको छैन

तिमीले झारेको आँसु सुकिसके पनि

फर्किने कुरा बिर्सेको छैन

सकें भने आउने मंसिरमा

कुलगुरु–सह कुलगुरु खोजेर

पितृकार्यहरू (सेसा–न्वाङ्गि) गर्नेगरी

दौरा सुरुवाल वाम्बुले टोपी लाउँदै

बाँसुरी बिनायो मुर्चुङ्गा बजाउँदै

मंसिरेपुर्ने एकराते बजार जानेगरी

गाउँ फर्किने कुरा सोच्दैछु

आमा, म पनि गाउँ फर्किंदै छु ।

प्रकाशित : वैशाख २८, २०८० १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?