कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

फ्रिजरबाट उडिरहेको बाफको कथा 

काठमाडौँ — युवतीको शारीरिक अवस्था बिग्रिएको छ र युवकको मानसिक अवस्था । युवतीको मृत शरीर फ्रिजरमा छ बरफ भइ जमेको, फ्रिजरबाट बेलाबेला चिसो बाफ आइरहन्छ, फ्रिजरछेउ उभिएको प्लास्टिकको रुखबाट पनि पसिना आइरहन्छ ।

फ्रिजरबाट उडिरहेको बाफको कथा 

तर, मृत शरीरप्रतिको युवकको प्रेम तीव्र छ । मृत प्रेमिकाको शव ढुकिबस्छ युवक । के यो आधुनिक समयमा यस्तो प्रेम सम्भव छ ?

शनिबार राजधानीको मण्डला थिएटरमा आधुनिक समयको प्रेम, यौन र प्रयोगपरक आख्यानमाथि विमर्श गरिएको छ । कार्यक्रममा प्रेम, यौन र मानसिक स्वास्थ्यमाथि लेखिएको आख्यानकार गोपी सापकोटाको उपन्यास ‘चिसो बाफ’को विमोचन गरियो । आख्यानकार अमर न्यौपाने, निबन्धकार, पत्रकार दीपक सापकोटा, समालोचक ज्ञानु अधिकारी र लेखक गोपी सापकोटाले उपन्यास विमोचन गरे ।

कथानकको संरचनामा नौलो प्रयोग र काल्पनिकता उपन्यासको विशेषता भएको आख्यानकार अमर न्यौपानेले बताए । ‘सिर्जना आविष्कार हो र लेखनमा आविष्कार गर्ने उनको ट्रेन्ड हो । नेपालीमा लेखिएका कथाभन्दा नवीन शैली किताबमा छ,’ उनले भने, ‘लेखकले असामान्य कथालाई सहज ढंगले लेखेका छन् । उपन्यास पढेपछि पाठक सुन्दर सन्तुष्टिमा हराउँछ, आख्यानमा गरिएको प्रयोगले नेपाली साहित्यमा नवीन शैली थपेको छ ।’

कल्पनाशीलता र प्रयोगधर्मीतामा उपन्यास अब्बल भएको बताए पत्रकार, निबन्धकार दीपक सापकोटाले । ‘यो आख्यानको प्रेमि आधुनिक जमानाको महादेव हो, उनले सतीदेवीको शव बोकेर दौडिरहे, यी आधुनिक प्र्र्र्र्रेमी मृत शरीरकै परिक्रमा गरिरहन्छन् । कथानक, चारित्रीकरण, प्रयोग, शैली उद्धेश्यपूर्ण र अर्थपूर्ण छ । विसंगत पाटोको कथालाई आध्यारो स्वरुपमा भनिएको छ’, सापकोटाले भने, ‘पात्रहरु भ्रान्त पथिक छन्, विपरित चिन्तनले भरिएको विभ्रान्त अवस्थामा छन् । उपन्यासको निर्मिति भिन्न छ ।’

‘चिसो बाफ’ नेपाली साहित्यमा सुन्दर ढंगले लेखिएको प्रयोगपरक आख्यान बनेको बताइन् समालोचक ज्ञानु अधिकारीले । ‘प्रयोग छ, तर असाध्यै सरल छ कथा । प्रयोगधर्मी लेखन यति सरलसँग लेखिनु चुनौतीपूर्ण छ । त्यहि कथा बुझेजस्तो पनि, नबुझेजस्तो पनि लागिरहन्छ पाठकलाई,’ उनले भनिन् ।

विश्व साहित्यमा भइरहेका प्रयोगमाथि विमर्श गर्दै लेखक गोपी सापकोटाले प्रयोगधर्मी आख्यान लेख्न खोजेको सुनाए । उनले भने, ‘पाठकलाई लागोस्, उपन्यासका घटनाहरु सपनाजस्ता हुन् भन्ने मेरो चाहना हो ।’ लेखक गोपी सापकोटाका यसअघि ‘पूर्णविराम’, ‘खरानी’, ‘प्रेम कतिपय’ नाटकसंग्रह र ‘कााचो कागज’ उपन्यास प्रकाशित छन् । किताब कलम प्रकाशनले प्रकाशन गरेको हो ।

प्रकाशित : चैत्र १८, २०७९ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?