१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

डा. समीरको 'कोरोनातन्त्र' सार्वजनिक

काठमाडौँ — तीन दशकदेखि नेपाली साहित्यमा सक्रिय लेखक डा. रवीन्द्र समीरको १३ औं पुस्तक कोरोनातन्त्र सार्वजनिक भएको छ । उनको यो दोस्रो उपन्यास हो ।

डा. समीरको 'कोरोनातन्त्र' सार्वजनिक

'कोरोनातन्त्र' मा १ सय १ वटा पृथक किसिमका स्वतन्त्र लघुकथा छन् भने ती लघुकथालाई संगठित रुपमा बाँधेर सूत्र उपन्यास तयार पारिएको छ । कोरोना महामारीको सुरुदेखि उत्पन्न डर, भ्रम, उपचारको अनिश्चितता, अस्पतालमा बेडको अभाव, अक्सिजनको अभाव, सरकारी अकर्मण्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सूत्रात्मक रुपमा बुनेका छन् ।

कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तक राखिएको छ । पुस्तकका केन्द्रीयपात्र डा. शर्माको भोगाइ तथा अनुभव उपन्यासमा छ । इन्डिगो इंकले बजारमा ल्याएको पुस्तकलाई लेखक समीरले महामारीको जीवन्त दस्तावेज दाबी गरेका छन् ।

लेखक समीरका तेस्रो आँखा, पोस्टमार्टम, विकीरण, ईश्वरका कथा, मृत्युको आयु लगायत कृति प्रकाशित छन् ।

प्रकाशित : चैत्र ८, २०७९ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?