डा.अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ पुस्तक सार्वजनिक- साहित्य/विविध - कान्तिपुर समाचार

डा.अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ पुस्तक सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ मुटु रोग विशेषज्ञ डा.अवनिभूषण उपाध्यायद्वारा लिखित पुस्तक ‘मुटुसँग सहयात्रा’ सार्वजनिक गरिएको छ । बरिष्ठ मुटु रोग विशेषज्ञ डा.मृगेन्द्रराज पाण्डे र काठमाडौं विश्व विद्यालयका पुर्व उपकुलपति डा.सुरेशराज शर्माले शनिबार एक कार्यक्रमबिच उक्त पुस्तकको लोकार्पण गरे ।

कार्यक्रममा पुस्तकबारे टिप्पणी गर्दै विभिन्न व्यक्तिहरुले ४ सय ५२ पृष्ठको पुस्तक एक नेपाली डाक्टर को व्यावसायीक जीवनको आत्मकथा मात्र नभई चार दशकअघि देखिको स्वास्थ्य अवस्थालाई समेत झल्काउने बताए । पुस्तकले नेपालको स्वास्थ्य क्षेत्रको विभिन्न सकारात्मक, नकारात्मक पक्षलाई उजागर गरेको छ ।

मुटु रोग उपचार क्षेत्रको जीवन्त इतिहास वर्णन गरिएको पुस्तकमा चिकित्सा क्षेत्रमा विद्यमान अव्यवस्थालाई समेत समेटिएको छ ।

प्रकाशित : फाल्गुन २७, २०७९ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्

आर्मीलाई होराइजन कप

कान्तिपुर संवाददाता

सुनसरी — त्रिभुवन आर्मी क्लबले सातौं संस्करणको राष्ट्रिय होराइजन रनिङ कप बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । आर्मीले नेपाल पुलिस क्लबलाई शनिबार १००–७० स्कोरले हराउँदै दोस्रो पटक उपाधि जितेको हो । विभागीय डर्बीमा पहिलो र दोस्रो क्वाटरमा झिनो अग्रता लिएको आर्मीले बाँकी क्वाटरमा फराकिलो स्कोर गर्दै जित निकाल्यो ।

विजेता आर्मीले १ लाख ११ हजार र उपविजेता पुलिसले ५५ हजार रुपैयाँ पुरस्कार पाए । सर्वोत्कृष्ट खेलाडी आर्मीका निश्चल महर्जनले १० हजार पुरस्कार पाए । आर्मीकै पूर्णबहादुर खड्का उत्कृष्ट प्रशिक्षक भएर ३ हजार प्राप्त गरे । उदीयमान खेलाडी आयोजक होराइजन क्लबका सर्वधन राई भए । उनले ५ हजार पाए ।

पुलिसले सेमिफाइनलमा आयोजक होराइजन हराएको थियो भने । आर्मीले साबिक विजेता टाइम्स कलेज काठमाडौंलाई हराएर गत वर्षको फाइनलको बदला लिएको थियो । प्रतियोगितामा दुई विभागीयसहित ८ टिमले प्रतिस्पर्धा गरेका थिए ।

सातौं होराइजन कप बास्केटबल उपाधिका साथ आर्मीका खेलाडी । तस्बिर : अर्जुन सुवेदी/केटीभी


प्रकाशित : फाल्गुन २७, २०७९ २१:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×