१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मीनकुमारी राणा प्रतिष्ठानद्वारा विभिन्न व्यक्तिहरु सम्मानित

काठमाडौँ — मीनकुमारी राणा प्रतिष्ठानले दिवंगत राणाको पहिलो वार्षिक पुण्य तिथिको अवसर पारेर विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

मीनकुमारी राणा प्रतिष्ठानद्वारा विभिन्न व्यक्तिहरु सम्मानित

प्रतिष्ठानले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा सोमबार विभिन्न विधामा प्रसिद्ध व्यक्तिहरुलाई सम्मान गरेको हो ।

भक्तपुरमा भएको उक्त कार्यक्रममा साहित्य विधातर्फ प्रा. डा. ध्रुवचन्द्र गौतमलाई सम्मान गरिएको छ । यस्तै पत्रकारिताको माध्यमबाट सशक्त भूमिका खेलेका वरिष्ठ पत्रकार हरिहर विरही र नेपाली खेलकुदमा योगदान गरेका वरिष्ठ बक्सिङ प्रशिक्षक मदनकुमार गुरुङलाई जनही ५१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बैंकेटश्वर मन्दिरले सञ्चालन गरेको संस्कृत पाठशाला र उनका सन्तानले अध्ययन गरेको आदर्श माध्यामिक विद्यालय (डीएमपीए) विद्यालयलाई पनि छात्रबृत्ति प्रदान गरिएको थियो ।

प्रकाशित : माघ ९, २०७९ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?