३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अधिकारीको उपन्यास 'सत्यहरण' सार्वजनिक

दाङ — राप्ती साहित्य परिषद्को आयोजनामा शनिबार दाङको घोराहीमा एक समारोहका बीच साहित्यकार राजु अधिकारीको उपन्यास ‘सत्यहरण’ विमोचन गरिएको छ ।

अधिकारीको उपन्यास 'सत्यहरण' सार्वजनिक

पुस्तकको समीक्षा गर्दै सहित्यकार पुस्कर रिजाल ‘पुष्प’ले उपन्यासले हाम्रो समाजले भोगिरहेको एउटा जल्दोबल्दो समस्यालाई सरल तर सटिक रूपमा चित्रण गर्ने उपन्यासको रूपमा आएको बताए ।

पूर्वीय धर्म, संस्कृति, सभ्यता र दर्शनमाथि विभिन्न तरिकाले भइरहेका आक्रमणको विषयलाई मूल विषय बनाएको उपन्यासमा लेखेको लेखक अधिकारीले बताए । नेपालको सन्दर्भमा कसले र कसरी यो काम सञ्चालन गरिरहेको छ र यसमा पद, पैसा र अन्य व्यक्तिगत स्वार्थको लागि उच्च ओहदामा बसेका शिक्षित व्यक्तिहरू कसरी प्रयोग भइरहेका छन् भन्ने कुरालाई उजागर गर्ने प्रयास गरेको उनले बताए ।

मूल विषयसँगै लेखकले पुस्तकमा प्रेमलाई पनि स्थान दिएका कारण उपन्यास रोमाञ्चक पनि बनेको बताए । उपन्यासका दुई मुख्य पात्र रक्षा र कैलाशको प्रेम उपन्यासको सुरुवात देखि अन्तसम्म नै प्रेमका अनेक वाधा अवरोध पार गर्दै अगाडि बढ्छ ।

पुस्तकलाई वी रिडले प्रकाशन गरेको छ ।

प्रकाशित : माघ ८, २०७९ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?