१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘अरनिको एसिया एक प्रस्तावना’ सार्वजनिक

काठमाडौँ — कलाकार एवं कला लेखक गणेशकुमार जिसीद्वारा लिखित पुस्तक ‘अरनिको एसिया एक प्रस्तावना’ सार्वजनिक भएको छ । 

‘अरनिको एसिया एक प्रस्तावना’ सार्वजनिक

नक्सालस्थित नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानमा शनिबार लेखक जिसीसहित प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, सदस्य सचिव विपिनकुमार घिमिरे, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायन लगायतको उपस्थितिमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तक लोकार्पण गरेका हुन् ।

प्रतिष्ठानको सदस्य सचिव सचिवालयबाट प्रकाशन गरिएको पुस्तकमा नेपालका विभूति अरनिकोकाबारे विस्तृतरुपमा वर्णन गरी अझै थप खोज, अनुसन्धान तथा अध्ययन गर्ने प्रेरणा प्रदान गर्ने जमर्को गरिएको छ । नेपाली डायस्पोराको प्राचीन इतिहास र सैद्धान्तिकरुपमा अरनिकोका आयामहरुको अध्ययन तथा अनुसन्धान गरी पुस्तक तयार गरिएको हो ।

नेपाल बाहिर कला क्षेत्रमा अरनिकोले पाएको जति उच्च सम्मान अरुले नपाएको सुनाउँदै ओलीले उनी विभूति हुन् भन्नेमा कुनै विवाद नै नरहेको प्रस्ट पारे । उनका अनुसार नेपाल कला, संस्कृति, सभ्यता र ज्ञानको मुहान् हो । ‘कला, संस्कृति, संगीत, साहित्य, वास्तुकलामा हामी असाधारण छौं’, उनले भने,‘हाम्रो पूर्खाको जेनेटिक मेमोरी हामीमा छ । कलाको सहीरुपमा उत्खनन् र विकास हुनुपर्छ । हामीमा यसको जग छ ।’ हाम्रो संस्कृतिर र संस्कारको स्तर खस्किएको भन्दै उनले यसमा शासन सत्ताको व्यवस्थापकिय पक्षमा संकीर्ण स्वार्थ रहेको ठहर गरे ।

नेपालमा अरनिकोबारे केही यथार्थ र भ्रमहरु रहेकाले नेपाली संस्कृति, कला र उनले पुर्‍याएको योगदानबारे अबका दिनमा खोज्नुपर्ने लेखक जिसीको भनाइ छ । उनले भने,‘अरनिको नेपालको कला, संस्कृति, साहित्यलाई चिनाउने ठूलो सफ्टपावर हो । अरनिकोलाई कला, संस्कृति, सभ्यताजस्ता हरेक कोणबाट चिनाउनुपर्छ भन्ने यो मेरो प्रस्तावनामात्र हो ।’

प्रकाशित : पुस २, २०७९ २१:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?