कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तीन स्रष्टालाई खरेल स्मृति पुरस्कार

काठमाडौँ — भारती खरेल स्मृति प्रतिष्ठानले गीत संगीत, साहित्य र समाज सेवाको क्षेत्रका तीन जनालाई पुरस्कृत गरेको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा शुक्रबार आयोजित समारोहमा गीतकार किरण खरेल, समालोचक वासुदेव त्रिपाठी र माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारती खरेल स्मृति पुरस्कार दिइएको हो । 

तीन स्रष्टालाई खरेल स्मृति पुरस्कार

सम्मानपत्र र जनही ५१ हजार रुपैयाँ राशिसहितको पुरस्कार प्रज्ञामा निमित्त उपकुलपति जगमान गुरुङ र प्रतिष्ठानका संस्थापक चन्द्रिकानन्द खरेलले हस्तान्तरण गरे । कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष समारोह आयोजनामा बाधा परेकाले शुक्रबार एउटै समारोहमा तीन वर्षको पुरस्कार दिइएको संस्थापक खरेलले बताए ।

प्रकाशित : मंसिर १७, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?