गोर्खा परिवारको महामारी अनुभव सार्वजनिक

काठमाडौँ — यूकेमा रहेर साहित्य लेखनमा सक्रिय लिला सेलिङ माबोको 'मेमोयर्स अफ गोर्खा वाइफ ड्युरिङ लकडाउन' सार्वजनिक भएको छ ।

गोर्खा परिवारको महामारी अनुभव सार्वजनिक

विश्व नेपाली साहित्य महासंघ यूकेद्वारा आयोजित ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा उक्त कृति सिार्वजनिक गरेको हो ।

बेलायतको अथर हाउसले प्रकाशन गरेको उक्त कृति कोरोना महामारी र त्यसको असरमाथि केन्द्रित छ । साथै गोर्खा भारत सैनिकको श्रीमतिको रुपमा भोग्नु परेका अनुभव र पीडालाई लेखक लिलाले पुस्तकमा समेटेकी छन् ।

यस्तै नेपालमा रहेको आफ्नो थातथलो र संस्कृति र जीवनशैलीलाई पनि कृतिमा उल्लेख छ । यस्तै बेलायतमा दक्षिण एसियाली अल्पसंख्यक समुदायको अवस्था लगायत विषय पनि कृतिमा समेटिएका छन् ।

अंग्रेजी भाषामा लेखिएको उक्त पुस्तक लीलाको दोस्रो कृति पनि हो । यस कृतिमा उनले महामारीका कारण बेलायतमा नेपाली समुदायले भोग्नु परेका पीडा र भोगाइलाई संस्मरणात्मक डायरीको रुपमा लेखेकी हुन् ।

नेपालको पाँचथरस्थित ओयाममा पुर्ख्यौली घर भएकी माबो सन् २००० देखि बेलायतमा रहँदै आएकी छन् । उनी किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासंघ, फोनिज यूके, लगायत संस्थाहरूसँग आबद्ध रहेर सामाजिक अभियानमा सक्रिय छिन् ।

प्रकाशित : मंसिर १४, २०७९ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?