कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पत्रकार भण्डारीको पुस्तक 'सत्ता सङ्घर्ष' सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — पत्रकार रामकृष्ण भण्डारीले लेखेको पुस्तक 'सत्ता सङ्घर्ष: ३० वर्षमा २८ सरकारका नालीबेली' बजारमा आएको छ ।

पत्रकार भण्डारीको पुस्तक 'सत्ता सङ्घर्ष' सार्वजनिक

सांग्रिला बुक्सले बजारमा ल्याएको सो पुस्तकमा २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि दलीय दाउपेच र अन्तर्द्वन्द्वले कसरी देश दिशाहीन मात्रै नभएर अस्थिरताको दलदलमा पर्यो भनेर चर्चा गरिएको छ ।

भण्डारी कान्तिपुर टेलिभिजनमा कार्यरत रहेका छन् । पत्रकार भण्डारीले २८ सरकारका प्रधानमन्त्री लगायत महत्त्वपूर्ण राजनीतिक व्यक्तिसँग विभिन्न घटनाक्रमलाई लिएर प्रत्यक्ष कुराकानी गरेर प्राथमिक स्रोतको रुपमा प्रयोग गरेको बताए । नेता, राजनीतिशास्त्रका विद्यार्थी, अध्ययन-अनुसन्धानकर्ता, पत्रकार तथा आमपाठक समेतलाई नेपालको सरकार गठन, विग्रह र संचालन बुझ्ने ह्यान्डबुक हुने प्रशासक संस्थाले जनाएको छ ।

यो पुस्तकले प्रजातन्त्र पुनर्बहालीका लागि ज्यानको बाजी लगाएका दलहरु तथा तिनका नेतृत्व अन्ततः कसरी सत्तामा पुग्न र टिक्न मात्र लागिपरे भनेर समकालीन समयलाई फर्केर हेर्न प्रशस्त खुराक पस्केको छ । नयाँ सरकार निर्माणको संघारमा आएको यो पुस्तकले आम पाठकलाई सुसूचित गर्ने विश्वास सांग्रिला बुक्सले लिएको छ ।

प्रकाशित : कार्तिक २८, २०७९ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?