कलिङ साहित्य महोत्सवले पुस्तक र लेखकलाई पुरस्कृत गर्ने

कान्तिपुर संवाददाता

नयाँदिल्ली — कलिङ साहित्य महोत्सवले आगामी वर्ष २०२३ देखि विभिन्न १५ विधामा १५ जना लेखकलाई नेपाल यशस्वी पुस्तक पुरस्कार दिने घोषणा गरेको छ । यस वर्ष अक्टुबर १५ र १६ मा पहिलो पटक काठमाडुमा उक्त महोत्सव भएको थियो । 

कलिङ साहित्य महोत्सवले पुस्तक र लेखकलाई पुरस्कृत गर्ने

आगामी वर्ष सेप्टेम्बरको १ देखि ३ सम्म काठमाडौंमा महोत्सव गर्ने तयारी रहेको महोत्सव आयोजक कमिटीका संस्थापक तथा निर्देशक रश्मी रन्जन परिदाले बताए । 'यस वर्षको कार्यक्रमले उत्साह दिएको छ, नेपाली लेखक तथा साहित्यिक क्षेत्रबाट राम्रो माया प्राप्त भएको छ,' उनले भने, 'आगामी वर्ष पुस्तक तथा लेखकलाई कार्यक्रममा पुरस्कृतसमेत गर्ने योजना बनाइएको छ ।'

आयोजकका अनुसार प्रकाशन तथा मनोनयनमा परेका सबै विधाका लेखकहरूबाट पुस्तक छनोट गरी काठमाडौं–कलिङ साहित्य महोत्सवमा नेपाल यशस्वी अवार्डबाटबाट पुरस्कृत गरिने छ । त्यस्तै, नेपाल र भारत दुवैतिरका दुर्इ/दुर्इ जना लेखकलार्इ नगद ५० नेपाली रुपैयाँसहित पुरस्कृत समेत गरिने आयोजकले जनाएको छ ।

भारतको भुवनेश्वरमा वर्षेनी कलिङ साहित्य महोत्सव हुँदै आएको छ । यस वर्षबाट काठमाडौंमा सुरु भएको कलिङ साहित्य महोत्सवले सांस्कृतिक संवाद, धार्मिक तथा साहित्यिक परिप्रेक्ष्य र नेपाल–भारतबीचको दीर्घकालीन सम्बन्धलाई मजबुत बनाउने’, आयोजकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित : कार्तिक २५, २०७९ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?