कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फोटोमा थाहाको सौन्दर्यता

कान्तिपुर संवाददाता

मकवानपुर — मकवानपुरको उत्तरी क्षेत्रलाई झल्काउने तीन दिने ‘थाहा फोटो प्रदर्शनी २०७९’ सकिएको छ । थाहा नगरपालिकाद्वारा काठमाडौंको वसन्तपुरमा आयोजित फोटो प्रदर्शनीले त्यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

फोटोमा थाहाको सौन्दर्यता

बसन्तपुरस्थित कालभैरव डबलीमा भएको प्रदर्शनीमा स्वदेशी र विदेशी गरी १३ हजार जनाले अवलोकन गरेको बताइएको छ । दामन, पालुङ, चित्लाङ तथा कुलेखानीको पर्यटकीय गन्तव्यको फोटो प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनीमा राखिएका फोटोहरू जर्मनी, न्युजिल्यान्ड, क्यानाडा र युक्रेनका पर्यटकले खरिद गरेका थिए । करिब २५० भन्दा बढी फोटो बिक्री भएको कार्यक्रम व्यवस्थापन गर्ने जिम्मा लिएको संस्था फरक सोचका संयोजक यादवजंग रायमाझीले जानकारी दिए ।

स्थानीय युवा गणेश विष्टले खिचेका फोटो प्रदर्शनी कात्तिक १८ गतेबाट सुरु भएको हो । थाहा नगर र इन्द्रसरोबर आसपासका पर्यटकीय गन्तव्य, प्राकृतिक सौन्दर्य, जीवन यापन, कला, संस्कृति, धार्मिक स्थलहरु आदि समेटिएको फोटो बढी बिक्री भएको थियो ।

थाहा नगरपालिकाको आयोजना, छिमेकी इन्द्रसरोवर गाउँपालिकाको समन्वय, पर्यटन बोर्डको प्रवर्द्धन, स्थानीय संस्था फरक सोचको व्यवस्थापन र ओम अध्याय रिट्रिटको सहयोगमा फोटो प्रदर्शनीमा रहेको थियो ।

फोटो प्रदर्शनीको अवलोकन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले यस्ता गतिविधिले पर्यटन क्षेत्रको विकासमा टेवा पुर्‍याउने बताए । मन्त्री श्रेष्ठले नेपाल सरकारले जारी गरेको ७३ बुँदे पर्यटन विकासको कार्ययोजनालाई समेटेर थाहा नगरलाई विकास गर्ने बताए । सरकारले सन् २०२३ देखि २०३२ सम्म भ्रमण दशक घोषणा गरेकोले यो फोटो प्रदर्शनीले आन्तरिक र वाह्य पर्यटकहरूका लागि नयाँ गन्तव्य तय गरेको मन्त्री श्रेष्ठको दाबी थियो ।

प्रकाशित : कार्तिक २२, २०७९ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?