अमृत दोर्जेको आत्मकथा सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — अमृत दोर्जेको आत्मकथा 'पर्खाइ' सार्वजनिक भएको छ ।

अमृत दोर्जेको आत्मकथा सार्वजनिक

सोमबार एक समारोहबीच काठमाडौंमा पुस्तकको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोख्रेलले सार्वजनिक गर्नु गरेका हुन् । नेता पोख्रेलले पुस्तकमा दोर्जेको संघर्ष र सफलताको कथा समेटिएको औंल्याउँदै उक्त कथाले नयाँ पुस्तालाई उत्प्रेरणा दिलाउने दाबी गरे ।

महिला नेता राधिका शाक्यले दोर्जेको दु:ख र संघर्षका कथाबाट समाजले पाठ सिक्नुपर्ने बताइन् । साहित्यकार स्नेह साय्‌मिले आममान्छेले भोग्ने दु:ख, पीडा र संघर्षको कथा पुस्तकमा समेटिएको बताए । बुढानीलकण्ठ नगरपालिका उप–मेयर तथा लेखककी छोरी अनिता लामाले पुरानो पुस्ताको अनुभव र समयलाई लिपिबद्ध गर्ने उदेश्यका साथ पुस्तक प्रकाशन गरिएको जनाइन् ।

काभ्रेको तेमाल गाउँबाट पााच दशकअघि काठमाडौं पसेका दोर्जेले बसाइँसराइदेखि उतिबेलाको काठमाडौंको अवस्था, श्रमिकहरुको कथा व्यथा, पेशागत संघर्ष र ट्रेड युनियन राजनीतिसम्मलाई पुस्तकमा समेटेका छन् ।

प्रकाशित : कार्तिक २२, २०७९ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?