१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

प्राचीन १५ लिपिको एउटै तालिका

कान्तिपुर संवाददाता

काठमाडौँ — लिपिविज्ञ रविसन शाक्यले ऐतिहासिक अभिलेखमा रहेका १५ वटा लिपिको तालिका प्रकाशनमा ल्याएका छन् । त्यसमा रोमन, ब्राह्मी, लिच्छवि, कुटिला, सिद्धं, उछेन, उमे, रञ्जना, भुजिंमोल, नेवारी (नेपाललिपि), बंगाली, मैथिली, नन्दिनागरी, किरात र देवनागरी छन् । यसमा स्वरवर्ण, व्यञ्जनवर्ण, संयुक्तवर्ण र अंक समेटिएका छन् । 

प्राचीन १५ लिपिको एउटै तालिका

यी लिपिहरू नेपालमा विभिन्न कालखण्डमा प्रयोग गरिँदै आएका थिए । अहिले पनि यी लिपि पुन: प्रचलनमा ल्याउने कम्प्युटर फन्टसमेत निर्माण गरेका छन् । यसलाई पुन: प्रयोगमा फन्टलाई साधारण र युनिकोडसमेत निर्माण गर्ने शाक्यले जनाएका छन् ।

यसअघि पुरातत्व विभागले प्राचीन लिपिलाई हस्तलिखित तालिका प्रकाशित गरेको थियो । त्यसमा ११ वटा लिपि समाविष्ट थिए । शाक्यले ऐतिहासिक कालदेखि हालसम्म नेपालमा प्रचलनमा रहेका र कम्प्युटरमा प्रयोग हुँदै आएका लिपिलाई तालिकाबद्ध गरेका हुन् । ती लिपि विभिन्न शिलापत्र, ताम्रपत्र, ठ्यासफू आदिमा यी लिपि रहेका छन् । थ्याका रिसर्च सेन्टरले ‘लिपि विकास तालिका’ प्रकाशन गरेको हो ।

रञ्जना लिपिबारे विशेषज्ञका रूपमा परिचित शाक्यका ‘प्राचीन लिपि वर्णमाला’, ‘अल्फाबेट अफ नेप्लिज स्क्रिप्टस्’लगायत दर्जन कृति प्रकाशित छन् । उनी विभिन्न लिपिहरूलाई कम्प्युटरमा प्रविष्ट गराउने कार्यमा संलग्न छन् ।

प्रकाशित : कार्तिक १६, २०७९ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?