१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘अफगानिस्तान : अबको बाटो’ पुस्तक सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — अफगानिस्तानमा अमेरिकाले तालिबानलाई सत्ता जिम्मा लगाएको एक वर्ष नाघिसकेको छ । जसरी अफगानिस्तानबाट अमेरिका र ऊसँग सम्बन्धित सैन्य गठबन्धन बाहिरियो, त्यसले संसारलाई नै चकित पार्‍यो । अमेरिका अफगानिस्तानबाट फर्केलगत्तै तालिबानले काबुलमा पुगेर सत्ता कब्जा गर्‍यो ।

‘अफगानिस्तान : अबको बाटो’ पुस्तक सार्वजनिक

सन् २००१ मा तालिबानकै सरकारलाई हटाएर आफ्नो पहलमा सरकार गठन गरेरको अमेरिकाले सत्ता फेरि तालिबानलाई नै जिम्मा लगाएर बाहिरियो । तालिबानको सरकार आएसँगै अफगानिस्तानमा महिला र बालबालिकाको अधिकारलाई लिएर प्रश्न उठेको छ । तालिबानलाई हालसम्म कुनै पनि मुलुकले आधिकारिक रुपमा मान्यता दिइसकेका छैनन् । नेपालसहित विश्वका विभिन्न मुलुकहरू र संघ-संस्थाहरूले अफगानिस्तानमा मानवीय सहयोग गरिरहेका छन् ।

अफगानिस्तानमा भइरहेको संकट; यसले यो क्षेत्रमा पारेको असर; सुरक्षा संवेदनशीलता र तालिबान सरकारको गतिविधि तथा उक्त मुलुकको इतिहासका विभिन्न घटनाहरूलाई समेत समेटेर ‘अफगानिस्तान : अबको बाटो’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

कोनराड एडेनौर स्टिफटुङ (कास) र कोसाटले बजारमा ल्याएको यस पुस्तकमा दक्षिण एसियाका सुरक्षा, परराष्ट्र मामिला र अन्य सम्बन्धित क्षेत्रका विज्ञहरू मिलेर अफगानिस्तानका विभिन्न समस्या र अबको बाटोबारे लेखेको बताइएको छ ।

तालिबान आएपछिको अफगानिस्तान र यसले यो क्षेत्रमा पार्ने असर, अफगानिस्तानमा महिला र बालबालिकाको अधिकार, अफगान शरणार्थी, अफगानिस्तानमा मानवीय संकट र यसको सहयोगलगायत विषयमाथि पुस्तकमा उल्लेख गरिएको छ । ‘जसरी अफगानिस्तानमा अमेरिकाले सुरुवातमा तालिबानलाई हटाएर सरकार निर्माण गर्‍यो र फेरि २० वर्षपछि त्यहि तालिबानलाई सरकार सुम्पिएर हिँड्यो । यसले कुनै पनि समस्याको समाधान भएन; झन् समस्या थपिदियो,’ कोसाटका अध्यक्ष निश्चलनाथ पाण्डेले भने ।

प्रकाशित : आश्विन १५, २०७९ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?