‘हृदय’ सार्वजनिक

काठमाडौँ — तीन दशकदेखि मुटुरोगीको उपचारमा संलग्न डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ को विशेष संस्करण काठमाडौंमा सोमबार सार्वजनिक भएको छ । कोइरालाले नै शल्यक्रिया गरेका  बालबालिकाले पुस्तक विमोचन गरे । 

‘हृदय’ सार्वजनिक

१३ वर्षका सौरभजंग केसीको २ वर्षमा र १३ वर्षकै एलिजा चन्दको १० वर्षको उमेरमा मुटुको शल्यक्रिया भएको थियो । विशेष संस्करण एक पटकका लागि २५ सय प्रति मुद्रण गरिएको छ । मूल्य २५ हजार रुपैयाँ तोकिएको प्रकाशक फाइन प्रिन्टले जनाएको छ । यो संस्करणको रकम काठमाडौं बाल अस्पताल परियोजनामा खर्च गरिने छ ।

डा. कोइराला र बालस्वास्थ्यमा समर्पित समूहले काठमाडौंसँगै सातै प्रदेशमा बाल अस्पताल निर्माणको लक्ष्य लिएको छ । परियोजनालाई सघाउने चरणमा पुस्तकको विशेष संस्करण छापेको फाइनप्रिन्टले जनाएको छ । नियमित संस्करण असोज पहिलो सातादेखि बजारमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित : भाद्र २९, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?