कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

थापाको ‘नेपाल इन इमेजेज’ पुस्तक सार्वजनिक 

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले फोटाग्राफर भरतबन्धु थापाको ‘नेपाल इन इमेजेज’ तस्बिर पुस्तक सार्वजनिक गरेकी छन् । पुस्तक सार्वजनिक गदै भण्डारीले पुस्तकले देशभित्र तथा विदेशमा नेपाल कला, संस्कृति तथा भौगोलिक सुन्दरताको विषयमा जानकारी दिएको बताइन् ।

थापाको ‘नेपाल इन इमेजेज’ पुस्तक सार्वजनिक 

‘यस पुस्तकले नेपालको पर्यटन तथा संस्कृतिलाई स्वदेश तथा विदेशमाझ पुराउन मद्दत गर्ने मैले विश्वास लिएको छु,’ उनले भनिन् ।

कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पुस्तकलाई नेपाल चिनाउने आँखीझ्यालका रूपमा व्याख्या गरे । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सातै प्रदेशको भौगोलिक सुन्दरता तथा त्यहो वस्तुस्थिति पुस्तकले समेटेको बताए ।

पुस्तक नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको हो । पुस्तकमा ओलाङ्चुङ्गोलादेखि सुदूरपश्चिमको कालापानीसम्म र उत्तरमा सगरमाथादेखि दक्षिणमा जानकी मन्दिरसम्मका तस्बिरहरू समावेश छन् ।

प्रकाशित : भाद्र २७, २०७९ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?