२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

फोटो पत्रकार द्वारे पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार ११४२’बाट गोरखापत्र दैनिकका फोटो पत्रकार भक्तपुरका थिमिका विकास द्वारे सम्मानित भएका छन् । 

संस्कृति सम्पदाको संरक्षण प्रवर्द्धनमा फोटो पत्रकारितामार्फत योगदान पुर्‍याएबापत द्वारे सम्मानित भएका हुन् ।२०६५ देखि गोरखापत्रमा आबद्ध द्वारेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई पुरस्कार हस्तान्तरण गरे । 

फोटो पत्रकार द्वारे पुरस्कृत

‘विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार’ फोटो पत्रकारको रुपमा चार दशकभन्दा बढी समय बिताइसकेका काठमाडौंका नातिकाजी महर्जनले स्थापना गरेका हुन् । महर्जन गोरखापत्र दैनिकबाट अवकाश फोटो पत्रकार हुन् ।

पुरस्कार दाता फोटो पत्रकार महर्जनले नेपाल संस्कृतिमा विश्वमै धनी भए पनि ओझेलमा परेको र फोटोमार्फत प्रवर्द्धन गर्नेलाई कदर गर्ने उद्देश्यले पुरस्कार स्थापना गरेको बताए । उत्कृष्ट फोटो पत्रकार छनोट गर्न वरिष्ठ फोटोग्राफर शम्भू मानन्धरको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको थियो ।

प्रकाशित : श्रावण २५, २०७९ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?