१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ललितकला पुस्तक प्रदर्शनी

कान्तिपुर संवाददाता

काठमाडौँ — कला र कला सिर्जनाका स्रष्टाहरुबारे खोज तथा अनुसन्धान गरिएका ललितकला सम्बन्धी पुस्तकहरुको प्रदर्शनी सुरु गरिएको छ ।

ललितकला पुस्तक प्रदर्शनी

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति केके कर्माचार्य, उपकुलपति गोपाल चित्रकार लगायतको सहभागितामा आइतबारदेखि सुरु गरिएको पुस्तक प्रदर्शनीमा एक दशकभन्दा अघिदेखि हालसम्म प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरु राखिएको छ । प्रतिष्ठानले गरेको यो पहिलो पुस्तक प्रदर्शनी हो ।

प्रतिष्ठानका लागि प्रदर्शनी पहिलो भएकोले ऐतिहासिक रहेको प्रतिष्ठानका कुलपति कर्माचार्यले बताए । ‘बजारमा कला सम्बन्धी पुस्तकहरु पाउन गाह्रो छ’, उनले भने,‘कलाकारले कला सिर्जना पो गर्ने हो त, पुस्तक पनि लेख्छन र ? भन्ने आम भनाई रहेको छ ।’ कलाकारले सिर्जनासँगै दस्तावेजका लागि पुस्तक पनि लेख्छन् भन्ने जवाफ प्रदर्शनीले दिएको कर्माचार्यको भनाई छ । उनका अनुसार कलाकार, कलाका विद्यार्थी लगायत कला सम्बन्धी अनुसन्धानकर्ता, अध्येता र कला प्रेमीहरु प्रदर्शनीबाट लाभान्वित हुनेछन् ।

मन्त्री श्रेष्ठले पुस्तक प्रदर्शनीको महत्त्व माथि प्रकाश पार्दै प्रतिष्ठानले ललितकला सम्बन्धी पुस्तक प्रदर्शनी आयोजना गरेर राम्रो कामको सुरुवात गरेको बताए । उनले भने, ‘प्रतिष्ठानले पुस्तकहरु रिसर्च गर्न लगाएर प्रकाशित गर्नु एक उत्तम कामको थालनी गरेको छ । विद्यार्थी एवं सर्वसाधारणले कला सम्बन्धी पुस्तकहरु पढेर लाभ उठाउन सक्नु पर्दछ र प्रज्ञा प्रतिष्ठानले प्रकाशन भएका पुस्तकहरु सर्वसुलभ रुपमा उपलब्ध गराउनुपर्छ ।’

प्रदर्शनीमा पुस्तक खरिद मूल्यमा ४० देखि ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । प्रदर्शनी भदौ ४ गतेसम्म जारी रहनेछ ।

प्रकाशित : श्रावण १९, २०७९ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?