१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रञ्जना निरौलाको ‘अनुभूतिको अवतरण’ निबन्धसंग्रह बजारमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — कवि तथा निवन्धकार रञ्जना निरौलाको निबन्धसंग्रह ‘अनूभुतिको अवतरण’ लोकार्पण भएको छ । वासुदेव त्रिपाठी, ज्ञानु पाण्डे, सावित्री मल्ल कक्षपती, रामप्रसाद ज्ञवाली, स्रष्टाकी आमा यमुना निरौला, पुष्पराज पौडेल, ऋषभदेव घिमिरे तथा स्रष्टाद्वारा निबन्धसंग्रहको सामूहिक लोकार्पण गरिएको थियो ।

रञ्जना निरौलाको ‘अनुभूतिको अवतरण’ निबन्धसंग्रह बजारमा 

लोकार्पण कार्यक्रममा निरौलाको निबन्धसंग्रहबारे बोल्दै त्रिपाठीले देवकोटाले निबन्धलाई एउटा उचाइसम्म लगेको बताए । ‘‘अनुभूतिको अवतरण’ निबन्ध जगतमा शुभसंकेत हो । प्रत्येक अनुच्छेदका अन्त्य शुक्तिमय भएर टुंगिएका छन् । चालीस वर्ष पाठ्यक्रम निर्माणका क्रममा बसेँ थुप्रै निबन्धसंग्रह हेर्दा दुइटा शुक्ति भेटिन पनि गाह्रो हुन्थ्यो यो निबन्धसंग्रह शुक्तिमय छ । हरेक अनुच्छेदमा शुक्ति भेटिन्छ,’ उनले भने, ‘कविताबाट प्रारम्भ भएको निबन्धभित्र विचार, छ स्वैरकल्पना नभएको कथा छ, यथार्थ छ, दर्शन छ ।’

यसैगरी समीक्षक ज्ञानु पाण्डेले दर्शन विचार र यथार्थको कलात्मक संगम निबन्धमा रहेको बताइन् । अर्का वक्ता रामप्रसाद ज्ञवालीले सौन्दर्यप्रधान, दर्शन र आध्यात्मको त्रिवेणीमा परिपक्व अनुभूतिका अभिव्यक्ति निबन्धमा रहेको बताए । सावित्री मल्ल कक्षपतीले कवितामा भावना नअटेर रञ्जना निबन्धमा विस्तारित भएकी बताइन् । शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ३५० रुपैयाँ रहेको छ ।

प्रकाशित : श्रावण १६, २०७९ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?