‘नेपाली परम्परागत चित्रकला : शिल्पज्ञान’ सार्वजनिक- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नेपाली परम्परागत चित्रकला : शिल्पज्ञान’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली परम्परागत चित्रकलाबारे सरल रुपमा उल्लेख गरिएको पुस्तक ‘नेपाली परम्परागत चित्रकला : शिल्पज्ञान’ सार्वजनिक भएको छ । 

कलाकारद्वय मानबहादुर दोङ, पूर्णप्रसाद ह्योजू र कलालेखक देवेन्द्र थुम्केलीद्वारा लिखित पुस्तकलाई शुक्रबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान भएको कार्यक्रममा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले विमोचन गरे ।

कुलपति कर्माचार्यले पुस्तकमा गहन र महत्त्वपूर्ण विषय उठान भएको बताए । उनले भने, ‘पुस्तकमा परम्परागत चित्रकलाका विधि र विधानका पक्षलाई समावेश गरिएको छ । जुन अध्ययनविना चित्र बनाउन सम्भव छैन,’ उनले भने, ‘यस पुस्तकले अनुसन्धानकर्ता, चित्रकार, विद्यार्थी, कलापारखी सबैका लागि महत्त्वपूर्ण हुने विश्वास लिएको छु ।’

प्रतिष्ठानको परम्परागत शिल्पकला विभागले प्रकाशन गरेको उक्त पुस्तकमाथि चर्चा गर्दै प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले नेपाली कलाक्षेत्रमा महत्त्वपूर्ण कृतिका आएको बताए । उनले भने, ‘यो नेपाली मौलिक परम्परागत कलालाई बुझ्न निकै उपयोगी रहेको छ ।’

पुस्तक विमोचन समारोहका लेखक अग्रज कलाकार दोङले नेपाली परम्परागत चित्रकलाको महत्त्व र त्यसको इतिहासको चर्चा गर्दै उनले परम्परागत चित्रकला त्यसको शास्त्रीय ज्ञानका बारेमा बताए । उनले भने, ‘यो सुरुवातका रुपमा आएको छ । यस पुस्तकले नेपाली कलालाई चिनाउने आशा लिन सकिन्छ ।’

पुस्तकमाथि टिप्पणी गर्दै समालोचक तेजविलास अधिकारीले समीक्षक पुस्तक विमोचन हुनुभन्दा अगाडिको पाठक भएको बताए । उनले सामान्यत: पुस्तकको पहिलो खण्डमा चित्रकलाको संक्षिप्तमा झलक आउने गरी लेखिएको सुनाए ।

प्रकाशित : श्रावण १५, २०७९ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्

अब ५ लाख रुपैयाँसम्मको निक्षेप बिमा

कान्तिपुर संवाददाता

काठमाडौँ — अब बैंक तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिको खातामा रहेको ५ लाख रुपैयाँसम्मको बिमा (सुरक्षण) हुने भएको छ । आइतबार पुनर्बहालीपछि अर्थमन्त्री जनार्दन शर्माले ५ लाख रुपैयाँसम्म निक्षेपको सुरक्षण हुने व्यवस्था सहितको कर्जा सुरक्षण नियमावली स्वीकृत गरेको हुन् । यसअघि ३ लाख रुपैयाँसम्म निक्षेपको बिमा हुने व्यवस्था थियो ।


सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत उक्त सीमा बढाएर ५ लाख बनाएको थियो । बजेटको व्यवस्था बमोजिम निक्षेप तथा कर्जा सुरक्षण कोषले नियमावली संशोधन गरी स्वीकृतिका लागि अर्थमन्त्रालय पठाएको थियो । अर्थमन्त्रीमा पुनर्बहालीपछि पहिलो निर्णयका रुपमा शर्माले सोही नियमावली स्वीकृत गरेका हुन् ।

प्रकाशित : श्रावण १५, २०७९ १९:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×