१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सुविनको ‘फेरिएको माया’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — आप्रवासी लेखक सुविन खरेलको उपन्यास ‘फेरिएको माया’ सार्वजनिक भएको छ । किशोर अवस्थामा हुने प्रेम र त्यसले जीवनमा ल्याउने प्रभावका सम्बन्धमा लेखिएको उपन्यासले नयाँ पुस्ताको अवस्थालाई चित्रण गरेको छ ।

सुविनको ‘फेरिएको माया’ सार्वजनिक

आइतबार राजधानीमा पुस्तक लोकार्पण गर्दै समालोचक सामना पहाडीले भनिन्, ‘पढ्दै जाँदा मैले पुस्तकमा आफ्नै जीवनका अनुभवहरु अटाएको पाएँ ।’

एक दशकदेखि अष्ट्रेलिया बस्दै आएका खरेलको पुस्तक अल्केमी पब्लिकेशन्स्ले प्रकाशन गरेको हो । लेखक सुविनले पुस्तक आफ्नो लगाव र सपना दुवैको परिणती भएको बताए ।

‘यो पुस्तकमा मेरो अनुभवमा आधारित कल्पना छ’ सुविनले भने, ‘भर्खरै प्रेममा पर्दा एउटा प्रेमीको मनमा हुने खुलदुली र केटाहरुबीच हुने प्रेमको कुराकानी मैले कलेज जीवनमा अनुभव गरेका कुरा हुन्, त्यसैलाई कल्पनाको रंग भरेर उपन्यासका रुपमा ल्याएको मात्र हुँ ।’

प्रकाशित : श्रावण १५, २०७९ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?