घिमिरेको नयाँ कृति  ‘पात्रहरु’ विमोचित

कान्तिपुर संवाददाता

काठमाडौँ — अनौपचारिक लेखनमा अलग नाम बनाएका पत्रकार सञ्जय घिमिरेको गैर आख्यान कृति ‘पात्रहरु’ सार्वजनिक गरिएको छ । काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा कृति लेखककी आमा ७५ वर्षीया झलकमाया घिमिरे, १२ वर्षीया छोरी आर्या रावल घिमिरे र श्रीमती तारा रावलले ‘पात्रहरु’ विमोचन गरेका हुन् ।

घिमिरेको नयाँ कृति  ‘पात्रहरु’ विमोचित

कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले नेपाली मूलधारको पत्रकारितामा फिचर लेखनमा घिमिरेको शैली र शिल्प सदैव स्मरणीय रहेको बताए ।

महासंघका पूर्वअध्यक्ष बिष्णु निष्ठुरीले आफू पनि घिमिरेको अनौपचारिक लेखन शैलीको फ्यान–फलोवर रहेको बताए । झण्डै डेढ दशकयता अमेरिका बस्दै आएका पत्रकार घिमिरेले आफ्नो जन्मस्थल कास्कीको देउराली गाउँदेखि काठमाडौं र अमेरिकासम्मको यात्रामा देखेभोगेका पात्र तथा प्रवृत्तिमाथि अनौपचारिक शैलीमा ‘पात्रहरु’ कृतिमाथि स्मरण समेटेका छन् ।

उक्त कृति सांग्रीला बुक्सले प्रकाशनमा ल्याएको हो ।

प्रकाशित : श्रावण १४, २०७९ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?