१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

‘अन्तत:यन्त्रणा’ लाई धच गोतामे स्मृति सम्मान

काठमाडौँ — झन्डै आधा शताब्दी लामो साहित्यिक क्रियाशीलता र आख्यानकारिताका लागि कथाकार परशु प्रधानलाई यस वर्षको दीप–गोविन्द स्मृति सम्मान प्रदान गरिएको छ ।

‘अन्तत:यन्त्रणा’ लाई धच गोतामे स्मृति सम्मान

आख्यानकार ध्रुवचन्द्र गौतमले आफ्ना बुवाआमा र दाजुभाइको स्मृतिमा स्थापना गरेको सम्मान तथा पुरस्कार प्रदान गर्न शनिबार आयोजित समारोहमा ८० वर्षीय लेखक प्रधानलाई सम्मानित गरिएको हो । यो सम्मानमा २० हजार रुपैयाँ तथा अभिनन्दन पत्र रहेको छ । दीप–गोविन्द स्मृति कोषले नवोदित उपन्यासकार सुमन वर्षाको ‘अन्तत:यन्त्रणा’ उपन्यासलाई १५ हजार रुपैयाँ राशिसहित धच गोतामे स्मृति सम्मान प्रदान गरेको छ ।

यस्तै, १५ हजार रुपैयाँ राशिसहितको गोपाल गोतामे स्मृति सम्मान हिमाल खबर अनलाइनका सम्पादक सन्त गाहा मगरलाई प्रदान गरिएको छ । कोषले धच गोतामे/गोपाल गोतामे शिक्षा पुरस्कार जेहेन्दार विद्यार्थी श्रीया श्रेष्ठलाई प्रदान गरेको छ, यो पुरस्कारमा १० हजार रुपैयाँको राशि रहेको छ ।

आयोजित समारोहमा कोषका संस्थापक ध्रुवचन्द्र गौतम, लेखक बलदेव मजगैंया, शैलेन्द्र साकार, नगेन्द्रराज शर्मा, ध्रुव सापकोटा, भागिरथी श्रेष्ठ, रोशन थापा 'निरव', प्रद्युम्न जोशी, श्याम प्रधान, मनोज न्यौपानेसहितको उपस्थिति थियो ।

प्रकाशित : श्रावण ८, २०७९ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?