२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

महानन्द सापकोटा साहित्य साधक सम्मान माया ठकुरीलाई

काठमाडौँ — यस वर्षको ‘महानन्द सापकोटा साहित्य साधक सम्मान’ साहित्यकार माया ठकुरीलाई प्रदान गरिने भएको छ ।

महानन्द सापकोटा साहित्य साधक सम्मान माया ठकुरीलाई

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालसमार्फत यसपटकको 'महानन्द साहित्य साधक सम्मान–२०२२' कथाकार माया ठकुरीलाई प्रदान गरिने घोषणा भएको हो ।

३ जुलाई ड्यालसमा आयोजित कार्यक्रममा अनेसास ड्यालसका संस्थापक अध्यक्ष भीम कार्कीले उक्त सम्मानको घोषणा गरेका थिए । सम्मान यही साता काठमाडौंमा एक समारोहकाबीच प्रदान गरिने छ ।

गत वर्ष यो पुरस्कार डा. शङ्कर सुब्बा फागोलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि ५० हजार रहेको छ ।

सम्मान र सम्मान राशि प्रायोजकलाई महानन्द साहित्य गुठी रहेको छ । 'शिक्षा र साहित्यमा महानन्दले गर्नुभएको योगदानको स्मरण र समकालीन वाङमयको सम्मानका निम्ती गुठीले सन् २०१३ देखि बर्सेनि यो पुरस्कार दिँदै आएको छ ।' गुठीकी संस्थापक तथा महानन्दकी नातिनी बुहारी सीता सापकोटाले भनिन् ।

प्रकाशित : असार २१, २०७९ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?