कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘पर्यटन प्रवर्द्धन’ गर्न फोटो प्रतियोगिता  

काठमाडौँ — मुलुकको पर्यटन प्रवर्द्धन गर्न भन्दै अठोट नेपाल नामको संस्थाले फोटो प्रतियोगिता गर्ने भएको छ । कोभिड महामारीले तहसनहस भएको पर्यटन क्षेत्रलाई फोटोको माध्यमबाट प्रवर्द्धन गर्न प्रतियोगिता गर्न खोजिएको प्रतियोगीताका संयोजक देवेन्द्रबहादुर शाही ठकुरीले जानकारी दिए । 

‘पर्यटन प्रवर्द्धन’ गर्न फोटो प्रतियोगिता  

ठकुरीका अनुसार यो प्रतियोगिता सातै प्रदेशका फोटोग्राफरहरुलाई प्रोत्साहन गर्न र उनीहरुको क्षमतालाई उजागर गर्ने उद्देश्यले गर्न खोजिएको हो । ‘प्रतियोगिता चार वटा विधामा हुनेछ,’ उनले भने, ‘सम्पूर्ण फोटोग्राफरहरुलाई सहभागी हुन आह्वान गर्दछौं ।’ नेचर, कल्चर, लाइफस्टाइल र वाइल्डलाइफ विधाका फोटो प्रतियोगितामा समावेश गरिनेछ । प्रत्येक विधामा ५०–५० हजार रुपैयाँ नगद पुरस्कार तोकिएको छ । चारमध्ये एक उत्कृष्टलाई डोल्पाको फोक्सुन्डो तालको फोटोग्राफी टुर प्याकेज दिने घोषणासमेत गरेको छ ।

प्रतियोगितामा प्रत्येक प्रदेशबाट ७–७ फोटो छनौट गरी ४९ र बाँकी चार विधाबाट ४ गरेर जम्मा ५३ फोटोलाई पर्यटन प्रवर्द्धनका लागि सात वटै प्रदेशमा प्रदर्शन गरिने संयोजक ठकुरीले बताए ।

प्रतियोगितामा सहभागी फोटोमध्येबाट भदौ ३ गते अर्थात (विश्व फोटोग्राफी दिवस) का दिन उत्कृष्ट घोषणा गरिनेछ । प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर जगदीश तिवारी र भरतबन्धु थापा छन् ।

प्रकाशित : असार १८, २०७९ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?