कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ध्रुवचन्द्रको २८ औं उपन्यास ‘सातो’ सार्वजनिक

काठमाडौँ — उपन्यासकार ध्रुवचन्द्र गौतमको नयाँ उपन्यास ‘सातो’ प्रकाशनमा आएको छ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा उपकुलपति जगमान गुरुङले ‘सातो’ विमोचन गरेका थिए ।

ध्रुवचन्द्रको २८ औं उपन्यास ‘सातो’ सार्वजनिक

लेखनमा ‘आविष्कारी’ शैली मानिने प्रयोगलाई आफूले ‘सातो’ मा समेटेको उपन्यासकार गौतमले बताएका छन् । ‘यसमा स्वैरकल्पना र श्याम–व्यंग्यको प्रयोग गरेको छु, एउटा शिशु जन्मँदैमा १६ वर्षे उमेर र संवेदना लिएर यो धर्तीमा आएपछिको दलाई लेखनमा उतारेको छु,’ गौतमले भने । गौतमको २०२४ सालमा पहिलो उपन्यास ‘अन्त्यपछि’ प्रकाशनमा आएको थियो । ‘सातो’ रत्न पुस्तक भण्डारबाट प्रकाशनमा आएको हो । गौतमको ‘अलिखित’ उपन्यासले २०४० सालमा मदन पुरस्कार र ‘तथाकथित’ उपन्यासले २०५९ सालमा साझा पुरस्कार पाएको थियो ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा समालोचक डा. लक्ष्मणप्रसाद गौतमले लेखक ध्रुवचन्द्रले छान्ने विषय तथा शैलीलाई ‘विशिष्ट’ भन्दै उनलाई नेपाली साहित्यमा श्याम–व्यंग्य, सूत्र उपन्यास, अनुभवन्यास, अस्तित्ववाद र विसंगतवादको सफल प्रयोक्ताका रुपमा चिनाएका थिए ।

अर्का समीक्षक कृष्णहरि बरालले कथाशिल्पमा नवीनता भित्र्याउने ध्रुवचन्द्रले कथा लेखनमा उत्तिकै यथार्थवाद र विसंगतवादलाई प्रश्रय दिएको बताए । उपन्यासकार गौतमको लेखनको आठौं दशक प्रवेशको पूर्वसन्ध्यामा रमाकृष्ण सृजना प्रतिष्ठानले आयोजना गरेको समारोहमा साहित्यिक पत्रकार विनोद दीक्षित, रोचक घिमिरे, समालोचक डा. ज्ञानू पाण्डे तथा प्रतिष्ठानका अध्यक्ष इन्जिनियर महेन्द्र गुरुङलगायतले मन्तव्य राखेका थिए ।

एउटै समारोहमा लेखक गौतमको व्यक्ति–कृति, विचार, चिन्तन, काव्यिक चेतना र साथीभाइबारेको स्मरण जोडिएको बृहत् ग्रन्थ ‘लेखन यात्राको आठौं दशकको पूर्वसन्ध्या’ समेतको उपकुलपति गुरुङले विमोचन गरेका थिए । महेन्द्रबहादुर गुरुङको सम्पादनमा निस्किएको यो कृतिलाई समालोचक ज्ञानू पाण्डेले ‘लेखक ध्रुवचन्द्रको सृजनात्मक छवि केलाउने आँखीझ्याल’ भनेर सह्रना गरेकी थिइन् ।

प्रकाशित : असार १८, २०७९ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?