किरात एकेडेमी पुरस्कारका लागि छानिए ७ पुस्तक

काठमाडौँ — किरात एकेडेमी नेपालले प्रदान गर्दै आएको किरात एकेडेमी पुरस्कारका लागि ७ वटा पुस्तकको प्रारम्भिक छनोट सार्वजनिक गरेको छ ।

किरात एकेडेमी पुरस्कारका लागि छानिए ७ पुस्तक

आफूलाई प्राप्त समकालीन कृतिहरूमध्ये ७ वटा कृतिहरूको प्रारम्भिक छनोट सूची प्रकाशन गर्ने निधो गरेको एकेडेमीका अध्यक्ष भूपाल राईले जानकारी दिएका छन् ।

प्रारम्भिक छनोटमा परेका सात पुस्तकहरुमा गणेश अधिकारीको उपन्यास डायरीमा रामप्रसाद राई, विप्लव ढकालको भोजपुरको वाङ्मय, डीपी ढकालको समाजवाद र नेपाल, केवल विनावीको कविता संग्रह यादहरूको सङ्ग्रहालय, राजकुमार दिक्पालको आदिवासी विद्रोहको इतिहास, रमेशप्रसाद भट्टराईको आधुनिक नेपाली उपन्यासको सांस्कृतिक विश्लेषण र रामराज रेग्मीको नेपालको इतिहास एक मार्क्सवादी अध्ययन रहेका छन् ।

कोभिड महामारी र एकेडेमीको उद्देश्य अनुकुलका कृति अभावका कारण केही वर्ष पुरस्कार स्थगित हुन पुगेको कार्यक्रमले यस वर्षदेखि फेरि निरन्तरता पाउने एकेडेमीले जनाएको छ ।

सन् २०११ मा गठन भएको एकेडेमीको पुरस्कार यसभन्दा अघि युग पाठकको 'उर्गेनको घोडा' र झलक सुवेदीको कृति 'ब्रिटिश साम्राज्यका नेपाली मोहरा' लाई प्रदान गरिएको थियो ।

तेस्रोपटकको पुरस्कार असारभित्र प्रदान गरिने एकेडेमीले जनाएको छ । पुरस्कारको राशि ५० हजार राशि छ ।

प्रकाशित : असार १३, २०७९ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?