‘सफलताका सूत्र’ कृति सार्वजनिक

काठमाडौँ — साहित्यकारद्वय नम्रता पाण्डे र प्रद्युम्नराज पाण्डेद्वारा लिखित निबन्धसंग्रह 'सफलताका सूत्र' लोकार्पण भएको छ। 

‘सफलताका सूत्र’ कृति सार्वजनिक

दायित्व वांगमय प्रतिष्ठानद्वारा प्रकाशित कृति प्रज्ञा भवनमा एक समारोहबीच लोकार्पण भएको हो । पुस्तक नेपाली भाषा साहित्यकार प्रा. वासुदेव त्रिपाठीलगायतले लोकार्पण गरेका हुन् । लेखक दम्पतिद्वयले यसअघि पनि ‘आफ्नो किताब’, ऊर्जा र ‘रहस्य: जीवन र प्रेम’ कृति प्रकाशन गरिसकेका छन् । ती पुस्तक सफल भएकोले 'सफलताका सूत्र' कृति रचना गरेको लेखकद्वयको भनाइ छ ।

जीवनमा असफल भएको खण्डमा कुनै पनि व्यक्ति समाजमा कसैको प्रिय बन्न नसक्ने भएकाले सफलताका लागि निरन्तर लगावको जरूरत पर्ने मुख्य विषयवस्तु पुस्तकले उठान गरेको छ ।

सहज जीवनका लागि हरेक व्यक्तिले आफ्नो लक्ष्य निश्चित गर्नुपर्दछ भन्ने सूत्रहरू आफ्नो जीवनको अनुभूतिसंग मेल खाएका दृष्टान्तमार्फत प्रस्तुत गरिएको लेखकद्वयको भनाइ छ।

प्रकाशित : असार ७, २०७९ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?