विश्वविद्यालयमा दोस्रो दीक्षान्त हुँदै

कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालयमा दोस्रो दीक्षान्त समारोह शुक्रबार हुने भएको छ । पहिलो दीक्षान्त समारोह भएको ५ वर्षपछि दोस्रो दीक्षान्त समारोह हुन लागेको हो । दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । 

२०६६ मा स्थापना भएको विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोह आयोजना गर्न लागेको हो । पहिलो दीक्षान्त समारोह २०७४ मा १२८ विद्यार्थाी दीक्षित भएका थिए । दीक्षान्त समारोहमा नेपालको छिमेकी उत्तराखण्ड राज्य नैनीतालको कुमाउ विश्वविद्यालयका उपकुलपति प्राध्यापक नरेन्द्रकुमार जोशी प्रमुख अतिथि हुने कार्यक्रम तय भएको छ ।

झन्डै पाँच वर्षपछि हुन लागेको दीक्षान्त समारोहमा ४ वर्षदेखि पासआउट भएका विद्यार्थी सहभागी हुनेछन् । ४ वर्षको अवधिमा १५ सय ५८ जनाले स्नातक र स्नातकोत्तर उत्तीर्ण गरे पनि दीक्षान्तमा सहभागी हुन ३ सय १८ विद्यार्थीले मात्रै आवेदन दिएका छन् । त्यही आवेदनका आधारमा विद्यार्थीलाई दीक्षान्त समारोहमा समावेश गरिने विश्वविद्यालयका उपकुलपति प्राध्यापक अम्मराज जोशीले बताए ।

प्रकाशित : असार ३, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?