दर्शनशास्त्रका ६ कृति सार्वजनिक- साहित्य/विविध - कान्तिपुर समाचार

दर्शनशास्त्रका ६ कृति सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागले दर्शनशास्त्रका ६ कृति सार्वजनिक गरेको छ । प्रतिष्ठानले आयोजना गरेको ‘सार्थक जीवन र मृत्युको विज्ञान’ विषयक गोष्ठीमा उक्त पुस्तक सार्वजनिक गरिएको हो । कुलपति कुलपति गङ्गाप्रसाद उप्रेती र वीरेन्द्रप्रसाद मिश्रले सार्वजनिक गरेका हुन् । 

सार्वजनिक गरिएका कृतिहरूमा ‘कर्णाली प्रदेशमा प्रचलित दर्शनपरम्परा’, ‘रामानुजाचार्यको विशिष्टाद्वैत दर्शन’, ‘प्रशस्तपादभाष्य’, ‘वैशेषिक सूत्रको विवेचनात्मक व्याख्या’, ‘सर्वार्थ योगवाणी’ र ‘तन्त्रसर्वस्व’ छन् । फरक फरक अध्यता तथा दर्शनशास्त्रीय यी पुस्तक लेखेका हुन् । विष्णुप्रसाद शर्माले ‘कर्णाली प्रदेशमा प्रचलित दर्शनपरम्परा’ अनुसन्धान गरेका हुन् । यसैगरी नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सेसका प्राध्यापक विशाल सिटौलाको ‘संसार एक पाठशाला’ कृतिसमेत सार्वजनिक गरिएको थियो ।

प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले अहिलेसम्म डेढ दर्जन दर्शनशास्त्रका कृति प्रकाशित रहेको बताए । ‘प्रतिष्ठानको ६५औं वार्षिकोत्सव मनाउने तयारीमा छौं,’ दर्शनशास्त्र विभाग प्रमुखसमेत रहेका उपाध्यायले भने, ‘पहिला भारत वर्षीय भनिन्थ्यो । अहिले भारतवर्ष विभिन्न देशमा खण्डित छ । तसर्थ हाम्रा ऋषि महर्षिहरुले प्रतिपादन गरेका जीवन दर्शन प्रकाशन गर्ने तयारीमा छौं ।’ पूर्वीय दर्शनलाई अनुसन्धान, प्रकाशनलाई प्राथमिकता दिएको उनले जनाए ।

प्राध्यापक विशाल सिटौला प्रमुख प्रवचक रहेको समारोहमा जीवन दर्शनबारे प्राध्यापक वीरेन्द्रप्रसाद मिश्र, प्राध्यापक विद्यानाथ उपाध्याय, चिन्तामणि योगी, स्वामी आनन्द अर्हत्, कुलपति उप्रेती, उपकुलपति जगमान गुरुलगायतले चर्चा गरेका थिए ।

प्रकाशित : असार २, २०७९ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्

ससुराली आएका तामाङ मृत फेला

कृष्ण थापा

काठमाडौँ — नुवाकोट–ककनी गाउँपालिका–८ मात्रा गाउँका एक स्थानीय ससुरालीमा मृत भेटिएका छन् । ४५ वर्षीय एकबहादुर तामाङ आफ्नो ससुराली बेलकोटगढी नगरपालिका ८ काशीटारमा हात बाँधिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनी बुधबार ससुराली आएका थिए । मादकपदार्थ सेवन गरेको र वादविवाद समेत भएको र बिहीबार बिहान मृत अवस्थामा भेटिएपछि घर परिवारको नै कैफियत गरेको बुझिएको डिएसपी तथा सूचना अधिकारी रुपक खड्काले बताए ।

ससुराली आएका एकबहादुर मृत भेटिएपछि प्रहरीले उनका ३५ वर्षीया श्रीमती ज्ञानमाया र ससुरा वीरबहादुर तामाङलाई पक्राउ गरेको छ । उनीहरु बाबु छोरीलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


प्रकाशित : असार २, २०७९ १५:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×