कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

रुकुको ‘जीवनका विविध आयाम’ सार्वजनिक

काठमाडौँ — व्यक्ति, घटना र विषयकेन्द्रित सरोकारलाई निबन्धमा समेटेर आएको रुकु कार्कीको संग्रह ‘जीवनका विविध आयाम’ बजारमा आएको छ ।

रुकुको ‘जीवनका विविध आयाम’ सार्वजनिक

१८ निबन्ध संग्रहित लेखक रुकु कार्कीको संग्रह ‘जीवनका विविध आयाम’को नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ कथाकार माया ठकुरीले एक समारोहमाझ बिमोचन गरेकी छिन् ।

रत्न पुस्तक भण्डारले प्रकाशित गरेको निबन्ध संग्रहलाई समीक्षक ज्ञानु अधिकारीले ‘अर्गानिक स्वादको सृजना’ भनेर टिप्पणी गरेकी छिन् । कवि प्रमोद प्रधानले पनि रुकुको लेखनमा नवीन सिर्जनशीलता रहेको टिप्पणी गरेका थिए । कृति विमोचन समारोह शंकर लामिछाने प्रतिष्ठान तथा मातृभूमि साहित्य समाजले आयोजना गरेका थियो ।

रुकुले निबन्ध संग्रहमा योगमाया, रुपचन्द्र विष्टसहितका व्यक्तिकेन्द्रित टिपोट र कोरोना कहरदेखि वैदेशिक रोजगारी तथा छाउपडीदेखि पशुपंक्षीको संसारसम्मका विविधताले भरिएका सामग्री समेटेकी छिन् । रुकुका ‘बन्धनबाट मुक्ति’(आत्मकथा) तथा उपन्यासहरु ‘मधुरिमा’, ‘विसंगत जीवन’सहित डेढ दर्जन कृति प्रकाशित भइसकेका छन् ।

प्रकाशित : जेष्ठ २८, २०७९ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?