२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

हरिशरण परियारको कवितासंग्रह ‘कैँची’ सार्वजनिक

काठमाडौँ — युवा कवि हरिशरण परियारको कवितासंग्रह ‘कैँची’ सार्वजनिक भएको छ । बेला पब्लिकेसन्सद्वारा प्रकाशित संग्रहलाई आइतबार बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा कवि परियारसहित लेखक एवं समाजवादी चिन्तक आहुति, उज्वल प्रसाई, विभूति भट्टराईले लोकार्पण गरे । 

हरिशरण परियारको कवितासंग्रह ‘कैँची’ सार्वजनिक

कवि परियारले संग्रहमा संग्रहित तीन दर्जनभन्दा बढी कवितामार्फत विद्यमान समकालीन व्यवस्थाले गरेको शोषण, अपमान र उत्पीडनलाई शालीन रूपमा विद्रोहको आवाज बोलेका छन् । नेपाली समाजको जात व्यवस्थाले आफूमाथि पारेको प्रभाव र आफ्नो सम्पूर्ण भोगाईहरु ‘कैँची’का रूपमा आएको कवि परियारले सुनाए । यसलाई आफ्नो मात्र नभएर व्यवस्थाले थिचिएका सबैका लागि आन्दोलनका हिस्साका रूपमा लिन उनले आग्रह गरे ।

संग्रहमाथि टिप्पणी गर्दै आहुतिले कविले आफ्नो भोगाईको आवेगलाई प्रारम्भिक चरणमा प्रस्तुत गरेको धारणा राखे । व्यवस्था परिवर्तनका लागि हिँडेको सत्ता र विचार नै धुमिल भएको ठहर गर्दै उनले अबको सिर्जनाको धार, वर्ग र कित्ता समेत सेद्धान्तिक रुपमा बहस हुन जरुरी रहेको बताए । ‘आमूल परिर्वतनका लागि हिँडेकाहरू नै भजन गाउँदै छन्’, उनले भने,‘परिवर्तनका लागि आएका आजको सिर्जनाहरू कुन धार, कुन वर्ग भनेर खुट्याउन सकेको अवस्था छैन । यो अन्योललाई विचारकेन्द्रित भएर घनिभूत बहस हुनुपर्छ ।’ संग्रहले प्रयुक्त बिम्बलाई नवीन ढंगमा ल्याएको ठहर गर्दै उनले कवि परियारलाई युगअनुसार बिम्बको प्रयोगमा ध्यान दिन आग्रह गरे ।

संग्रहमाथि टिप्पणी गर्दै भट्टराईले सिंगो संग्रहमा रहेका कविता यो व्यवस्थाका लागि उठेको आन्दोलनका रूपमा लिइन् । कविताको सामान्य नियमभन्दा बाहिर रहेर शालीन र सामान्य रुपमा बोलेका कविताका शब्द कविको मात्र नभएर सिंगो उत्पीडित समुदायको भएको उनको भनाई थियो ।

प्रकाशित : जेष्ठ १६, २०७९ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?