‘सत्यमोहन’लाई उत्तम–शान्ति पुरस्कार

काठमाडौँ — पत्रकार गिरिश गिरीले लेखेको संस्कृतिविद्‍ सत्यमोहन जोशीको जीवनीमा आधारित कृति ‘सत्यमोहन’लाई यस वर्षको उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको छ ।

‘सत्यमोहन’लाई उत्तम–शान्ति पुरस्कार

२०७८ सालभर प्रकाशित गैरआख्यान कृतिमध्ये ‘एक शताब्दी लामो इतिहासको आँखीझ्यालका रुपमा प्रेरणादायी साथै शैलीगत दृष्टिले पनि रोचकतापूर्ण’ लेखाइका रुपमा ‘सत्यमोहन’लाई उत्तम–शान्ति पुरस्कार प्रदान गरिएको बताइएको छ । पुरस्कारको राशिमा १ लाख रुपैयाँ तथा सम्मानपत्र रहेको छ ।

साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी शान्ति कुँवरले २०४४ सालमा स्थापना गरेको यो पुरस्कार उत्तम कुँवर जन्मजयन्ती (जेठ १२)मा प्रदान गरिने चलन छ । कुँवरले लेखेको साहित्यिक प्रोफाइलको गैर–आख्यान कृति ‘स्रष्टा र साहित्य’ले २०२३ सालमा मदन पुरस्कार पाएको थियो ।

प्रकाशित : जेष्ठ १, २०७९ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?