१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

‘जरा’मा सनतका स्मृति कथा

काठमाडौँ — पत्रकार सनत सापकोटाको संस्मरणात्मक स्मृति कथाको संग्रह ‘जरा’ बजारमा आएको छ । ‘कथासंस्मरण’ विधा भनेर कथाकार सापकोटाले १७ वटा निबन्धलाई संग्रहमा समेटेका छन् ।

‘जरा’मा सनतका स्मृति कथा

पूर्णिमा साहित्य प्रकाशन, कोहलपुरले प्रकाशित गरेको कृतिभित्रको कथात्मक शैलीभित्र आफ्नै जीवनकालमा जोडिएका स्मृतिमा शिल्पीगत परिष्कार थपिएको छ ।

‘वास्तवमा मानिसको जरा वा आधार पनि त्यही हो, जहाँ ऊ जन्मियो र हुर्कियो । उसको स्वर्णिमकाल त्यही बाल्यकाल हो,’ भन्दै ‘जनै काण्ड’, ‘अर्काको भागको पिटाइ’, ‘मैले नगरेको हत्या’, ‘मलाई माफ गर्नोस् हजुरबा’ जस्ता जीवनका निकटस्थ क्षणलाई स्मृतिकथा बनाएर लेखेका छन् ।




प्रकाशित : वैशाख २६, २०७९ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?