कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

साहित्यकार भ्रमरको ५० औं कृति सार्वजनिक

श्यामसुन्दर शशि

जनकपुर — मैथिली र नेपाली भाषाका चर्चित साहित्यकार रामभरोस कापडी ‘भ्रमर’द्वारा लिखित ‘मिथिलाक लोकजीवन : लोक सन्दर्भ’ सार्वजनिक गरिएको छ ।

साहित्यकार भ्रमरको ५० औं कृति सार्वजनिक

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भ्रमरको ५०औं कृति लोकार्पण गरेका हुन् । पुस्तक लोकर्पण समारोहलाई सम्बोधन गर्दै कुलपति उप्रेतीले पुस्तकलाई राष्ट्रिय र अर्न्तराष्ट्रिय महत्त्वको कृति भएको टिप्पणी गरे । 'मैथिली स्वयंमा दुई देशीय भाषा हो । नेपाल र भारत दुबै भुगोलमा बोलिन्छ । यसको प्रकाशक अमेरिकास्थित मिथिला सेन्टर हो । यस अर्थमा यो पुस्तक अर्न्तराष्ट्रिय महत्त्वको छ ।’

मैथिली साहित्य नेपालको साहित्यिक इतिहासको महत्वपूर्ण अंग भएको उल्लेख गर्दै उनले मल्लकालमा राजभाषाको रुपमा चलनमा रहेको मैथिली बीचका केही वर्ष राजनीतिक कारणले ओझेलमा परे पनि अहिले पुन : उजागर हुन लागेको बताए ।

‘मैथिलीबिना नेपालको साहित्यिक इतिहास पूरा हुनै सक्दैन । मैथिली साहित्यको इतिहास खोज्दै जाँदा यो अत्यन्त प्राचिन तथा सम्मुनत देखिन्छ ।’ उप्रेतीले भनेका छन् ।

लोकार्पण कार्यक्रममा साहित्य भारतका समीक्षकहरु डा. भीमनाथ झा, डा. रमानन्द झा रमण, चन्द्रेशसँगै डा. रेवतीरमण लाल, डा. भोगेन्द्र झा, नित्यानन्द मण्डल, कोलकताका साहित्यकार अशोककुमार झा, राजविराजकी करुणा झा, बिराटनगरका प्रविणनारायण चौधरीसँगै मिथिला सेन्टर अमेरिकाका नवल यादवलगायतले पुस्तक तथा लेखक रामभरोस कापडी 'भ्रमर'बारे बोलेका थिए ।

मिथिला सेन्टर, अमेरिकाद्वारा प्रकाशित २ सय ८४ पृष्ठको यस पुस्तकमा मैथिली भाषा, साहित्य, कला, संस्कृति, इतिहास र भूगोल विषयक खोजपूर्ण लेख, निबन्ध आदि प्रकाशित छन् ।

साहित्य समीक्षक डा. रमानन्द झा रमणले भ्रमरको पुस्तक पढेपछि नेपालको पछिल्लो ५० वर्षको इतिहास बुझ्न सजिलो भएको बताएका थिए ।

‘साहित्य समाजको ऐना हो भनिन्छ । भ्रमरद्वारा लिखित मिथिलाक लोकजीवन : लोक सन्दर्भ पुस्तक पढ्दा नेपालको ५० वर्षमा घटित राजनीतिक, सामाजिक तथा सांस्कृतिक घटनाहरु बुझन सजिलो भयो,’ डा. रमणले बताए ।

यससँगै ५० वर्षीय भ्रमरका ५० कृति प्रकाशित भइसकेका छन् । साहित्यिक यात्रामा ५० पुस्तक लेख्न भ्याएकोमा उनले खुसी व्यक्त गरेका थिए । साथै यस पुस्तकले आफूलाई खुसी बनाएको र ऊर्जा प्रदान गरेको प्रतिक्रिया दिए ।

प्रकाशित : वैशाख २५, २०७९ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?