छनोटमा तीन स्रष्टा

काठमाडौँ — लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले साहित्य, कला, संस्कृति क्षेत्रका तीन स्रष्टालाई सम्मान गर्ने भएको छ ।

मन्दिरका अध्यक्ष वसन्त चौधरीको सभापतित्वमा भएको बैठकले तेजेश्वरबाबु ग्वङ्गलाई सरस्वती सम्मान, प्रा.डा. त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान र न्हुच्छेबहादुर डंगोललाई नारायणगोपाल संगीत सम्मान प्रदान गर्न नाम छनोट गरेको हो ।

सम्मानहरू मन्दिरको वार्षिकोत्सवको अवसरमा वैशाख २७ मा काठमाडौंमा प्रदान गरिने जनाइएको छ  ।

प्रकाशित : वैशाख १५, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?