कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कथाकार पौडेल पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौँ — कथाकार मधुवन पौडेलले लघुकथा समाजले प्रदान गर्ने सावित्री–केशर कथा सम्मान तथा सुरभि साहित्य प्रतिष्ठानले दिने ‘गुरुप्रसाद मैनाली सुरभि साहित्य सम्मान’ प्राप्त गरेका छन् ।

कथाकार पौडेल पुरस्कृत

समाजको कथा सम्मानमा नगद २१ हजार रुपैयाँ तथा प्रशस्तीपत्र रहेको छ । साहित्यिक पत्रकार रोचक घिमिरेले कथाकार पौडेललाई उक्त सम्मान प्रदान गरेका थिए । लघुकथा समाजले बाटुली–खिलध्वज लघुकथा सम्मान भने स्रष्टा हरिप्रसाद भण्डारीलाई प्रदान गरिएको छ ।

यसैगरी, अर्को एक समारोहमाझ प्राज्ञ दिनेशराज पन्तले सुरभि साहित्य प्रतिष्ठानको ‘गुरुप्रसाद मैनाली सुरभि साहित्य सम्मान’ पौडेललाई प्रदान गरेका थिए । यो सम्मानमा २५ हजार रुपैयाँ नगदसहित प्रशस्तीपत्र रहेको छ । प्रतिष्ठानले कथाकार नारायण ढकाल, ध्रुव मधिकर्मी र रुकु कार्कीलाई समेत सम्मानित गरेको छ ।

एकैसाथ दुई विशिष्ट सम्मानबाट सम्मानित कथाकार पौडेलका ‘नलिनी भाउजू’, ‘म र मेरो परिवेश’, ‘अन्त्यहीन परिवेश’, ‘अवतरण र अरु कथाहरु’, ‘बाँच्नुको विवशता’ जस्ता कथा संग्रह प्रकाशित छन् । कथाकार पौडेल कुवेतका लागि राजदूत भइसकेका निवृत्त कूटनीतिक कर्मचारी हुन् ।

प्रकाशित : फाल्गुन २३, २०७८ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?