१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जगतमर्दनका नाममा स्मृति ग्रन्थ

काठमाडौँ — जीवनको उत्तराद्र्ध कालसम्म नेपाली गीतसंगीत तथा साहित्य लेखनमा सक्रिय जगतमर्दन थापाको सम्झनामा ‘जगतमर्दन थापा अथक स्वरसाधक’ स्मृतिग्रन्थ सार्वजनिक भएको छ ।

जगतमर्दनका नाममा स्मृति ग्रन्थ

बिहीबार अनामनगरस्थित गीतकार संघको कार्यालयमा थापाको ८६ औं जन्मजयन्तीका अवसरमा गीतकार यादव खरेल, संघका अध्यक्ष शुभ मुकारुङ, ग्रन्थका सम्पादक विवश वस्ती, थापाका छोरा मोहितमर्दन थापाले ग्रन्थको विमोचन गरे । कार्यक्रममा स्रष्टा थापाको अधुरै रहेको छैटौं गीति एल्बम ‘कुनै भेदभाव छैन’ समेत सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा गीतकार खरेलले स्मृति ग्रन्थ र एल्बम दुवैले थापालाई स्मरणमा ताजा राख्ने बताए । रेडियो नेपालदेखि सुरु भएको मित्रताको स्मरण गर्दै उनले नेपाली संगीत क्षेत्रमा थापाको महŒवपूर्ण योगदानबारे चर्चा गरे । ‘नेपाली संगीत क्षेत्रमा सुगम संगीतको एउटा स्वर्णिम काल थियो,’ उनले भने, ‘त्यो कालमा संगीतको विश्लेषण गर्ने हो भने जगतमर्दन थापाको उपस्थिति त्यति बेलैदेखि थियो ।’

स्मृति ग्रन्थमा खरेलसहित भैरवबहादुर थापा, राजेन्द्र थापा, भुवन थापा चन्द, मनोहर सुनामलगायत पा“च दर्जनभन्दा बढी स्रष्टा र शुभचिन्तकले संगीत क्ष्ँेत्रमा उनको योगदान, स्वभाव, सिर्जनाप्रतिको लगावका विषयमा लेखेका छन् । सार्वजनिक एल्बममा ‘कुनै भेदभाव छैन’, ‘कस्तो हो यो मीठो चाहना’, ‘लालीगुरा“स फूल’ लगायतका गीत समावेश छन् । गीतसंगीत र साहित्यका विविध विधामा स्थापित थापाको गत वर्ष मंसिर २२ गते निधन भएको थियो । छैटौं एल्बम तयारीकै बेला कोरोना संक्रमण भएपछि उनी थलिएका थिए । अध्यक्ष मुकारुङका अनुसार संघले थापाको स्मृतिमा अक्षय कोषसमेत स्थापना गरेको छ ।


प्रकाशित : माघ २७, २०७८ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?