कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

'सत्यमोहन' प्रकाशन हुँदै

काठमाडौँ — संस्कृतिविद्‍ सत्यमोहन जोशीको आत्मकथा प्रकाशन हुने भएको छ । १०२ वर्षीय जोशी अस्वस्थ भई अस्पताल भर्ना भएका बेला उनको आत्मकथा प्रकाशनको अन्तिम तयारीमा पुगेको बताइएको छ ।

'सत्यमोहन' प्रकाशन हुँदै

बुकहिल पब्लिकेसनले बुधबार पुस्तकको आवरण सार्वजनिक गर्दै उक्त पुस्तक यही फागुन महिनामा प्रकाशन हुने जनाएको छ। पत्रकार एवम् लेखक गिरीश गिरीद्वारा लिखित आत्मकथामा राणाकालको अन्तिम दशकदेखि कोरोनाकालसम्म जोशीका अनुभूति वर्णन गरिएको प्रकाशक बुकहिलले जनाएको

करिब एक दशकको सान्निध्य र कुराकानीबाट गिरीश गिरीले उक्त पुस्तक तयार पारेको पनि बताइएको छ । मंगलबार अस्पतालमै रहेका जोशीलाई पुस्तकको आवरण हस्तान्तरण गरिएको थियो ।

नेपाली लोकसंस्कृति, साहित्य, पुरातत्त्वको संरक्षणमा लागेका जोशी तीनपटक मदनपुरस्कारबाट पुरस्कृत हुनुका साथै जीवित अवस्थामै हुलाक टिकट प्रकाशन हुने पहिलो आमनागरिक पनि हुन् ।

प्रकाशित : माघ २६, २०७८ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?