२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लेखक पिङको पुस्तक ‘चिनियाँ पत्रकारको नजरमा नेपाल’ बजारमा

काठमाडौँ — सिन्ह्वा समाचार संस्थाका वरिष्ठ पत्रकार चाउ सेङपिङद्वारा लिखित गैरकाल्पनिक एवं यथार्थपरक पुस्तक ‘मेन्ड अर एन्ड : चिनियाँ पत्रकारको नजरमा नेपाल’को नेपाली संस्करण केही दिनमा पुस्तक पसलहरूमा उपलब्ध हुने भएको छ ।

लेखक पिङको पुस्तक ‘चिनियाँ पत्रकारको नजरमा नेपाल’ बजारमा

ग्रेगोरियन सम्वत् २०२२ को नयाँ वर्षको तेस्रो हप्ताको सुरुवातमा देशभरका पुस्तक पसलहरूमा पुस्तक उपलब्ध हुने बताइएको छ । एक दशकदेखि नेपालमा बस्दै आएका पिङले पुस्तकमा चीन तथा चिनियाँ नजरबाट नेपाललाई हेर्ने दृष्टिकोणका बारेमा लेखेका छन् ।

यो पुस्तकलाई जनता प्रकाशनले प्रकाशित गरेको छ । यसको बिक्री मूल्य ३५० रुपैयाँ रहेको प्रकाशनले जानकारी दिएको छ ।

नेपाली संस्करणको यो पुस्तकलाई राजनीति, अर्थतन्त्र, संस्कृति र शिक्षा, समाज र वातावरण तथा यात्रा र पर्यटन गरी पाँच अध्यायमा बाँडिएको लेखकले बताएका छन् ।

२४० पृष्ठ लामो यो पुस्तकमा आफूले राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका विभिन्न लेखहरूको माध्यमद्वारा आफ्नो निजी अनुभव र अन्य घटनाहरूलाई सार्वजनिक गरेको लेखक पिङले बताएका छन् ।

प्रकाशित : माघ ३, २०७८ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?