१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

‘बौद्ध दर्शन र मार्क्सवाद’ विषयक परिचर्चा

रासस

काठमाडौँ — साहित्य सन्ध्याको नियमित मासिक ४२४ औं शृङ्खलामा शनिबार भर्चुअल रूपमा ‘बौद्ध दर्शन र मार्क्सवाद’ विषयमा चर्चासहित कविगोष्ठी गरिएको छ । कार्यक्रममा उपप्राध्यापक वेदराज ज्ञवालीले भने, 'गौतम बुद्ध धर्मप्रधान, अध्यात्मप्रधान र विचारधाराका हुन् भने कार्ल मार्क्स आर्थिक समस्यासमेत समाधान गर्ने वैज्ञानिक विचारधाराका प्रवर्तक हुन् ।'

उनले दुवै दार्शनिकले मानवीय र सांस्कृतिक आन्दोलनका माध्यमबाट व्यक्तिगत सम्पतिको हक कायम राख्न नहुनेमा जोड दिँदै रूपान्तरणको विचार सम्प्रेषण गरेको टिप्पणी गरे ।

गोष्ठीमा महेशराज खरेल, ललिता दोषी, रामदेव पाण्डेय, खेमराज निरौला, दुर्गा नेपाली, बेनीबहादुर थापा, ओमप्रसाद कोइराला, गोपाल नेपाल, जयन्ती स्पन्दन, भक्ति घिमिरे ‘दुर्बोध’, विन्दु अधिकारी ढकाल, डा राजेन्द्रप्रसाद अधिकारी, गणेश घिमिरे ‘मार्मिक’, डा भीम खतिवडा, तिला लेकाली, तारक धिताल, कात्यायन, अनिता लामा, प्रशान्त खरेल, डा कृष्ण सुवेदी, वासुदेव अधिकारी, उर्मिला पन्त पाण्डेय, डम्बर पहाडी, ज्ञानु विद्रोही र राम विनयले आआफ्ना कविता, गीत, हाइकु, एलाक वाचन गरेका थिए ।

सिर्जनाहरूमाथि ज्ञानु विद्रोहीको टिप्पणी थियो । गोष्ठीका अध्यक्ष राम विनयले साहित्यकारले जहिल्यै पनि सत्य र न्यायको पक्षमा उभिनुपर्नेमा जोड दिए ।

प्रकाशित : माघ १, २०७८ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?