कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

अंग्रेजी कथा प्रतियोगितामा पूजा प्रथम

काठमाडौँ — अंग्रेजी साहित्यिक पत्रिका ललित म्यागजिन र अमेरिकाको इन्डियाना युभिर्सिटीमा प्राध्यापनरत लेखक सम्राट उपाध्यायको संयोजनमा अंग्रेजीमा लेख्ने नेपाली नवोदित कथाकारबीच प्रतिष्पर्धा गराएर उत्कृष्ट तीन छनौट गरिएको छ ।

अंग्रेजी कथा प्रतियोगितामा पूजा प्रथम

प्रतियोगितामा १७५ कथा संकलित भएकोमा अंग्रेजी भाषाका प्रखर लेखक सम्राट उपाध्याय स्वयमले शैली, सन्दर्भ र बिषयवस्तुका आधारमा उत्कृष्ट कथाहरु छनौट गरेका थिए । संकिलतमध्ये पहिलो चरणमा छानिएका ४६ कथाहरु पढेर उत्कृष्ट ७ हुँदै मंगलबार आयोजित समारोहमा उत्कृष्ट ३ रचनाकारलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनमा पूजा पौडेल (प्रथम), रितु राजबंशी(द्वितीय) र सदिश ढकाल तथा अल्फा शाक्य(तृतीय) भएका तिए । लेखक उपाध्यायले व्यक्तिगत पहलमा २०, १५ र १० हजार रुपैयाँको पुरस्कार प्रदान गरेका थिए ।

‘कथाको विषयगत विविधता र विषयलाई हेर्ने दृष्टिकोण गज्जबको देखिन्छ,’लेखक उपाध्यायले कान्तिपुरसँग भने—‘प्राप्त रचनाहरु मैले दोहोऱ्याउँदै पढेको छु, यसले अंग्रेजी भाषामा लेख्ने नेपाली लेखकको भविष्यलाई स्पष्ट देखाएको छ ।’ यस्तै प्रतिस्पर्धा ५ वर्षयता नियमित भैरहेको र उत्कृष्ट बनेका कथालाई ललित म्यागेजिनमा प्रकाशित गरिने जानकारी दिइएको थियो ।


प्रकाशित : पुस १३, २०७८ २२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?