सात स्रस्टा पुरस्कृत
पर्वत — माधुरी साहित्यिक प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याउने सात जनालाई पुरस्कृत गरेको छ । कोरोना संक्रमणले महामारीको रूप लिएर गत वर्ष औपचारिक कार्यक्रम आयोजना गर्न नपाउँदा रोकिएको सरस्वती विमल वाङ्गमय प्रतिभा पुरस्कारको दुई वर्षको राशिबाट पुरस्कृत गरेको हो ।
कुश्मामा सोमबार आयोजित समारोहमा पुरस्कृत हुनेमा सामाजिक अगुवा लोकनाथ आचार्य, प्राडा षडानन्द पौड्याल, साहित्यकर्मी शान्तिनारायण श्रेष्ठ, सदानन्द अभागी, साधना प्रतीक्षा, गोर्खे साइँलो र पत्रकार ओमप्रसाद घायल छन् ।
सबैलाई प्रतिष्ठानले जनही १० हजार नगद, कदरपत्र र दोसल्लाले सम्मान गरेको छ ।
प्रतिक्रिया