पत्रकार अधिकारीको ‘मकवानपुरमा मिडिया’ कृति लोकार्पण

मकवानपुर — वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले ‘मकवानपुरमा मिडिया’ पुस्तक विमोचन गरेका छन् । पत्रकार गिरिजा अधिकारीद्वारा लिखित पुस्तक बिहीबार हेटौंडामा एक कार्यक्रमबीच प्रदेश प्रमुख शर्माले विमोचन गरेका हुन् ।

प्रदेश प्रमुखले पत्रकारहरुले हिनताको भावनालाई त्यागेर देश र जनताप्रति जवाफदेही हुँदै सत्यतथ्य समाचारलाई जनतासामु सुसूचित गर्न आह्वान गरे ।
सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश सरकारले पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतापूर्वक समाचार सम्प्रेषण गर्न अभिप्रेरित गर्दै आएको उल्लेख गर्दै लोककल्याणकारी विज्ञापन समानुपातिक ढंगबाट वितरण गर्न सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
पुस्तकमा मकवानपुरको पत्रकारिता इतिहास र समकालीन पत्रकारिताको विकासक्रम उल्लेख छ ।
